पोखरामा अन्तरजिल्ला क्षेत्रीयस्तरको टेबलटेनिस प्रतियोगिता सुरु

पोखरा, २२ असार। पश्चिमाञ्चल क्षेत्रीय खेलकुदविकास समितिको आयोजनामाशुक्रबारदेखि पोखरामाअन्तरजिल्ला क्षेत्रीयस्तरको टेबलटेनिस प्रतियोगिता सुरु भएको छ। बेस्ट अफफाइभकाआधारमा खेलाइएको प्रतियोगितअन्तर्गत मेन्स डबल्स, लेडिज डबल्स र मिक्स डबल्सतर्फ सेमिफाइनलतथा मेन्स सिड्डल र लेडिज सिड्डलतर्फ क्वाटरफाइनल खेल सम्पन्नभएका छन्।

जसअनुसार पाल्पाका अमर शाह र महेश खनालको जोडीलाई ४–२को सेटमा पराजितगर्दै कास्कीका रजन सुब्बा र निहालश्रेष्ठको जोडी तथाकपिलवस्तुकाआकाशआले र सुनिलश्रेष्ठको जोडीलाई ४–१ ले पराजितगर्दै रूपन्देहीका राजनसिंह ठकुरी र रमेश न्यौपानेको जोडी मेन्स डबल्सतर्फको फाइनलमाप्रवेश गरेको छ।

लेडिज डबल्सतर्फको पहिलो सेमिफाइनल खेलमापाल्पाका सुजातापन्थी र पूजा रानाको जोडलाई सोझो तीनसेटमा पराजितगर्दै कास्कीकानिकिताखोजु र तृष्णा महर्जनको जोडी फाइनलमाप्रवेश गरेको छ।अर्को खेलमापाल्पाकै कुशुमथापा र मनिषाकुँवरको जोडीलाई सोझो तीन सेटमा पराजितगर्दै रूपन्देहीको सुकृतिश्रेष्ठ र गीताअर्यालको जोडी फाइनलमाप्रवेश गरेको छ। मिक्स डबल्सतर्फ पहिलो सेमिफाइनल खेलमा रूपन्देहीका राजनसिंह ठकुरी र सुकृतिश्रेष्ठको जोडीलाई सोझो तीन सेटमा पराजितगर्दै कास्कीको रजन सुब्बा र तृष्णा महर्जनको जोडी फाइनलमाप्रवेश गरेको छ।

अर्को खेलमापाल्पाका महेश खनाल र सुजातापन्थीको जोडीलाई सोझो तीन सेटमा पराजितगर्दै कास्कीकानिहालश्रेष्ठ र निकिताखोजुको जोडी फाइनलमाप्रवेश गरेको छ। मेन्स सिड्डलतर्फकपिलवस्तुकाआकाशआलेलाई ४–० को सेटमा पराजितगर्दै कास्कीका रजन सुब्बा, बागलुङका सुरज शाक्यलाई ४–२ को सेटमा पराजितगर्दै रूपन्देहीका रमेश न्यौपाने, कपिलवस्तुका सुुनिलश्रेष्ठलाई ४–२ को सेटमा पराजितगर्दै कास्कीकानिहालश्रेष्ठ तथाम्याग्दीका रूपबहादुर गुरुङलाई ४–० को सेटमा पराजितगर्दै रूपन्देहीका राजनसिंह ठकुरी सेमिफाइनलमाप्रवेश गरेका छन्।

लेडिज सिड्डलतर्फ पाल्पाका सुजातापन्थीलाई सोझो तीनसेटमा पराजितगर्दै रूपन्देहीका सुकृतिश्रेष्ठ, बागलुङका मेनालखाँनलाई ३–१ को सेटमा पराजितगर्दै कास्कीका तृष्णा महर्जन, बागलुङकाएलिनाखाँनलाई सोझो तीनसेटमा पराजितगर्दै कास्कीकानिकिताखोजु तथानवलपरासीकामनिषाकुँवरलाई सोझो तीन सेटमा पराजितगर्दै रूपन्देहीकागीताअर्याल सेमिफाइनलमाप्रवेश गरेका छन्। क्षेत्रीय प्रशिक्षण विभागप्रमुखविद्यामर्सानीलाई खेलकुद सामग्री हस्तान्तरण गर्दै प्रतियोगिताको सुरुवातभएको कार्यक्रमकाप्रमुखअतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यदीलिपविक्रमशाहीले विपरीत धु्रवतिर फर्किएकाचीन र अमेरिकाजस्ता देशलाई पनि टेबटेनिस खेलले नै एकआपसमामित्रबनाएको बताए।

उनले खेलमाहार्नु र जित्नु एउटा नियमभएपनिहार्नेले कहाँकमजोरी छ त्यहाँ सुधार गर्ने हो भने पुनःजीतहातपार्न सकिने दाबी गरे। मेन सिड्डलर डबल्स, लेडिज सिड्डल र डबल्स तथामिक्स डबल्स गरी पाँचइभेन्टमा सञ्चालनहुने सो प्रतियोगितामाकास्की, बागलुङ, तनहुँ, रूपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखाँची र म्याग्दी गरी १० जिल्लाका १६ महिलासहित ३६ जना खेलाडीको सहभागिता रहेको छ।

 

कमेन्टहरु
Loading...