शनिबार बैशाख ३० गते नेपाल बन्दको घोषणा

पोखरा, २९ वैशाख /नेपाल कम्युनिष्ट पार्टीले स्थानिय तहको पहिलो चरणको चुनाव हुने अघिल्लो दिन नेपाल बन्दको घोषणा गरेको छ ।

बैशाख ३० गते उक्त पार्टिले स्थानिय तहको नेपाल बन्द गर्ने विज्ञप्ती मार्फत जानकारी दिएको हो । घरमा बसिरहेका कार्यकर्तालाई सरकारले प्रक्राउ गरेको विरोधमा प्रतिरोध गर्ने जनाएको विप्लव नेतृत्वेको कम्युनिष्ट पार्टीले चुनावमा मत हाल्न जानेहरुलाई रोक्ने उद्देश्यले नेपाल बन्दको घोषणा गरेको जनाएको हो । जिल्ला इन्चार्ज कृष्ण वाग्ले रुपेशुले हस्ताक्षर गरेका छन् ।

कमेन्टहरु
Loading...