अन्नपूर्ण पदमार्गमा थपियोे नयाँ पदमार्ग

कास्की , २२ असार /अन्नपुर्ण संरक्षण क्षेत्रका पदमार्गमा ठाँउ ठाँउमा खोलीएको सडक बाटोहरुका कारण पदमार्ग छोटिए सगै सोहि पद मार्गमा ७ दिनको नयाँ पदमार्ग पहिचान गरिएको छ । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना ,एवोर्ड परियोजना ,संरक्षण क्षेत्र ब्यबस्थापन समिती घान्द्रुक , संरक्षण क्षेत्र ब्यबस्थापन समिती छोम्रोग ,संरक्षण क्षेत्र ब्यबस्थापन समिती लुम्ले ,पर्यटन ब्यबसायि समिती टाडापानी , स्बरोजगार संघ छोम्रोग र स्थानीयवासीको संयुक्त प्रयासमा सो पदमार्गको पहिचान गरिएको हो ।

alternative trekking Routeपदमार्गका बारेमा जानकारि दिने उदेश्यले छोम्रोगमा आयोजित पत्रकार सम्मेलनमा अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना घान्द्रुकका कार्यालय प्रमुख विदुर बिक्रम कुईकेलले पदमार्गका बारेमा जानकारि दिएका थिए । कुईकेलका अनुसार समुन्द्रि सतहदेखि पोखराको ८ सय मिटरको उचाईबाट सुरु हुने पदमार्गमा घान्द्रुक, टाडापानी, वनठाटी , देउराली ,मुल्दे हुदै दोवाटो , पोढे ४ हजार ३ सय ७० मिटर बाट तल झदै तिरुभु ३९ सय ९८ मिटर हुदै छोम्रोङ्गसम्म आएर सम्पन्न हुने र पदमार्ग पुरा गर्न एक साता लाग्ने छ ।

पदमार्गको खोजिमा प्राबिधीक सहयोग गरेको एवोर्ड परियोजनाका निर्देशक हरिकृष्ण भटराईले पदयात्रामा पर्यटकहरुले भीर, पहरा, झरना, वनजंगल, जंगली जनावर, चराचुरुङ्गी, नदी, फूल, ताल र स्थानीय परम्परागत संस्कृतिको अवलोकन गर्न पाउने जानकारि दिए । पदमार्गमा पर्ने देउरालीमा चौरी तथा याकको गोठ रहेको तथा कस्तुरी ,मृर्ग ,झारल लगायतका बन्यजन्तु सगै कालीज , फोक्रास , डाफे ,मुनाल, रानिचरि सुनचरि लगायतका १ सय ५४ जातका चराचुरुगीहरु समेत देख्न सकिने भटराईले बताए । पदमार्गमा पर्ने टाढापानीमा संसारकै सबभन्दा टुलो लालीगुरासको जंगल रहेको पनि भटराईले जानकारि दिए ।

यस्का साथै पदमार्गबाटै अन्नपूर्ण, धवलागिरी, माछापुच्छ«े, मनास्लु लगायतका हिमश्रंखलाका अलावा म्याग्दिको गुर्जा हिमाल र दोलखाको गौरी शंकर हिमाल पनि देख्न सकिनेछ । संरक्षण क्षेत्र ब्यबस्थापन समिती घान्द्रुकका अध्यक्ष गुञ्जमा गुरुङले मोटर बाटोहरुका कारण २१ दिनको अन्नपर्ण पदमागको यात्रा छोटिएर ७ दिनमा सिमीत भएपछि नयाँ पदमार्गको खोजी गरिएको जानकारि दिए ।पोखरादेखि ४२ किलोमिटर उतरपश्चिमस्थित नयापुलसम्म मोटरमा पुगेपछि शुरु हुने पैदलयात्रा अहिले क्यूसम्म मोटर पुगेपछि छोट्टिन पुगेको पनि उनले बताए ।

अधिकांशले मोटर चढन थालेपछि वीरेठाटीमा नरोकिदा त्यस क्षेत्रका पर्यटन व्यवसायीहरु मर्कामा परेका सेन्चुरी पर्यटन ब्यबसायि समितीका अध्यक्ष दलबहादुर गुरुङले जानकारि दिए । यस क्षेत्रका करिव ३ सय होटलले एक रातमा सात हजार जनासम्म पर्यटकलाई राख्न सक्ने जानकारी समेत गुरुङले दिए । कार्यक्रममा घान्द्रुक पर्यटन ब्यबसायि समितीका अध्यक्ष किसम गुरुङले घान्द्रुकको पर्यटन क्षेत्रमा अंवैकोलगानि रहेको बताउदै पर्यटन प्रर्बधनको लागि मौलीक कला संस्कृतीको संरक्षण र बिकासमा आफुहरु लाग्ने जानकारि दिए ।

कमेन्टहरु
Loading...