सामाजिक सुरक्षा र वीमा मार्फत सम्मृद्धिमा —कुँवर

पोखरा, २५ वैशाख /नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिकाका मेयरका उम्मेदवार रामजी कुँवरले मजदुरको हकहितको लागि विमा तथा सामाजिक सुरक्षाको लागि प्रतिबद्ध रहेको बताएका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत पोखरा लेखनाथ महागरपालिकाको विभिन्न ठाँउमा घरदैलो अभियान एवं चुनावी सभालाई सम्बोधन गर्ने क्रममा मेयरका उम्मेदवार कुवँरले मजदुरसित सुमधुर औद्योगिक सम्बन्ध कायम गर्ने विश्वास व्यक्त गरे ।

आफु पनि टे«ड युनियन अन्तर्गतबाट राजनीति गरेको उल्लेख गर्दै उनले अंसगठित मजदुरलाई संगठित गर्दै सामाजिक सुरक्षाको लागि प्रत्याभूति हुने गरी काम गर्ने विश्वास दिलाए । ‘मजदुरलाई सामाजिक सुरक्षाको अनुभूति हुने गरी काम गर्छु ।’ उनले भने—‘त्यतिमात्रै नभई दुर्घटना विमा, स्वास्थ्य विमा लगायतका अन्य विमा गरेर सुरक्षाको प्रत्याभूति गराउने छौं ।’ मजदुरलाई सक्षम र सुविधा दिने विषयमा काँग्रेसले मात्रै मजदुर मैत्री नीति अवलम्बन गरेको स्पष्ट पारे ।

सोमबार प्रदेश नम्वर ४ को राजधानी पोखरालाई केन्द्रमा राखेर नेपाली काँग्रेसका केन्द्रीय नेताहरुको वाक्लो उपस्थिति देखिएको छ । मुख्य सहरमा माओवादी केन्द्रसंग तालमेत गरेको नेपाली काँग्रेसले पोखरा लेखनाथ महानगरपालिकाका चुनाव तित्ने दावी समेत गरेका छन् । चुनावी सभामा सम्वोधन गर्न पोखरा आएका काँग्रेसका प्रभावशाली नेता केन्द्रीय सदस्य शेखर कोइरालाले जनताको मुक्तीको लागि यो स्थानीय तहको निर्वाचन हो, ‘जनतालाई जसरीपनि वुझाउनुस्’ उनले थपे, ‘कम्युनिष्टले झुटा कुरा गर्छन्’, अनि भ्रममा पार्न सिपालु हुन्छन्, त्यसैले अवको दिन खटेर जनतालाई बुझााउन लाग्नुस्’ ।

मेयर र उपमेयर मात्र होइन ३३ वटा वडामा सवै पदाधिकारीको जित सुनिस्चित वनाउने योजना अगाडि ल्याउन आग्रह गरे । सोमवार वडा नं १७, ३, १५ र ८ को चुनावी सभामा पार्टीका केन्द्रीय नेताहरु गोपालमान श्रेष्ठ, जीवन परियार, प्रदीप पौडेल, कास्कीका पार्टी सभापति कृष्ण केसी लगायतले कास्कीको निर्वाचनमा नेपाली काँग्रेसको चित सुनिस्चित भईसकेको ठोकुवा समेत गरेका थिए । सभामा काँग्रेस नेताहरु तारानाथ रानाभाट, देवराज चािलसे, शारदा पौडेल, बृन्दा राना लगायतले विभिन्न सभामा सम्वोधन गर्दै आएका छन् ।

चुनावी सभामा नेपाली काँग्रेसको पोखरा लेखनाथ महानगरपालिकाको उम्मेदवार रामजी कुँवरले महानगरपालिकालाई बेरोजगारमुक्त शहर बनाउने उदघोष गरे । ‘हाम्रो महानगरपालिकालाई बेरोजगार मुक्त शहर बनाउने प्रतिबद्धता गरेका छौं ।’ उनले भने—‘त्यसको लागि नेपाली काँग्रेसले मेयरमा जित्नुपर्छ ।’ उनले धार्मिक पर्यटनको गन्तव्य बनाई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने तर्फ समेत नेपाली काँग्रेसले आफनो एजेण्डाभित्र समेटेको बताए । ‘धार्मिक मठमन्दिर, बौद्धगुम्बा, मस्जिद छन् । त्यसको संरक्षण गरेर धार्मिक गतिविधि बढाउने तर्फ अग्रसर रहने छौ ।’

उनले भने—‘पुम्दीभुम्दीमा शिवमूर्ति स्थापनाको लागि पनि काँग्रेसले जिते महानगरपालिकाबाट आवश्यक बजेट विनियोजन गरेर छिटो निर्माण पुरा गर्छौ ।’ महानगरपालिकालाई धार्मिकसँगै शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदको शहरको रुपमा विकास गर्ने लक्ष्य काँग्रेसले लिएको बताए । ‘आधुनिक शहरको रुपमा विकास गर्ने छौं ।’ उनले त्यसको लागि सबैको भोट रुखमा देखिनुपर्छ ।’ अन्तिम समय भइसकेको जनाउ गर्दै काँग्रेसको पूर्व आमन्त्रीत सदस्यको जिम्मेवारी समेत सम्हालेका नेता कुँवरले नेपाली काँग्रेसले जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् ।

‘आर्थिक दुराबस्थाको कारण जेष्ठ नागरिक स्वास्थ्य उपचारबाट बन्चित हुनुहुदैन् भन्ने हाम्रो ध्येय हो ।’ उनले भने—‘निशुल्क उपचारको लागि काँग्रेसले अभियान शुरु गर्ने छ ।’ उनले काँग्रेसले जितेको अवस्थामा यो अभियानलाई सयदिनभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाए । उनले जेष्ठ नागरिकको लागि पब्लिक बसमा निःशुल्क भाडाको समेत व्यवस्था गर्ने सुनाए । सभामा उपमेयर पदका उम्मेदवार सरस्वती गुरुङले काँग्रेसले मात्र आफ्नो एजेण्डा पुरा गर्ने क्षमता राख्ने वताउदै ‘एजेण्डालाई कार्यान्वयन गर्छौ ।’

उनले भनिन—‘त्यसको लागि तपाईहरुको साथ र सहयोग अपरिहार्य छ ।’ एकसातापछि हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेसले घरदैलो अभियानलाई निरन्तरता दिएको छ । विहानी झरीको समयमा पनि चुनावी सभामा सहभागि हुदैं घरदैलो अभियानलाई तिब्रता दिएका छन् । प्रत्येक पोखरा लेखनाथ महानगरपालिकाको वडाहरुमा स्थानीयबासीसँग मेयरका उम्मेदवार रामजी कुँवर तथा उपमेयर उम्मेदवार सरस्वती गुरुङले साक्षात्कार गरिरहेका छन् । स्थानीय बासिन्दाको आवाजलाई आफनो एजेण्डामा समाहित गर्दै पुरा गर्ने दायित्व र जिम्मेवारी समेत उम्मेदवारले लिएका छन् ।

कमेन्टहरु
Loading...