उपमेयरको तलब सडक बालबालिकालाई गुरुङ

पोखरा २५ वैशाख /पोखरा लेखनाथ महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार सरस्वती गुरुङले आफुले जिते तलब भत्ता नलिने घोषणा गरेकी छिन् ।

कांग्रेसको तर्फबाट महानगरको उपप्रमुखकी उम्मेदवार गुरुङले तलब भक्ता बापत आफुले प्राप्त गर्ने रकम सडक बालबालिकाको ब्यवबस्थापनमा खर्च गर्ने बताइन् ।

‘ उप मेयरमा मलाई जिताउनुस्, तलब भक्ता बापतको रकम लिन्न , सडक बालबालिकाको लागि खर्चिन्छु । ’ उनले भनिन् । नेपाली काग्रेस पोखरा ७ ले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले सडक बालबालिकाको लागि खर्च गर्ने बताएकी हुन् । क

यसअघि नेकपा एमालेको तर्फबाट महानगरको वडानम्बर २० का उम्मेदवार सिम गुरुङले पनि जितेपछि आफुले प्राप्त गर्ने तलबभक्ता नलिने र वडाकै विकासमा खर्च गर्ने घोषणा गरेका थिए ।

कमेन्टहरु
Loading...