वालवालिको क्षेत्रमा योगदान पु¥याउने पर्यटन व्यसायी भट्टराई दम्पती सम्मानित

पोखरा, २५ भदौ/ वाल दिवसको पूर्व सन्ध्या पारेर नव सृजना युवा क्लव स्वरेक–५ स्याङजाले आज पोखराका पर्यटन व्यवसायि समाजसेवी नरेश भट्टराई र उनकी श्रीमती सौमाया भट्टराईलाई सम्मान गरेको छ । वालवालिकाको क्षेत्रमा अतुलनिय योगदान पु¥याएको भन्दै क्लवले उनिहरुलाई सम्मान गरेको हो ।
पर्यटन व्यवसायि भट्टराईले स्वरेक–७ की देवि तिवारी क्षेत्रिको निदारमा पलाएको मासुको उपचार गर्न रु एक लाख १० हजार रुपैया सहयोग गर्नुभएको थियो । आर्ट अफ लिभिङ कास्कीका संयोजक समेत रहेका भट्टराईले उपचार गर्न नसकेका गरिव परिवारका वालवालिकालाई पनि उपचारका लागि सहयोग गर्दै आउनुभएको छ ।

साथै ति वालिकाको उपचारका लागि अमेरीकामा रहनुभएकी विमला पाण्डेले ६६ हजार भन्दा बढि रकम संकल गरि सहयोग गरेको भन्दै उहाँलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि स्या·जाका प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले भट्टराई दम्पतीलाई दोसल्ला ओढाई ताम्रपत्रले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै स्या·जाका प्रमुख जिल्ला अधिकारी खरेलले भट्टराईको सहयोगले एउटा वच्चीले नया जिवन प्राप्त गरेको बताउनुभयो ।
राज्यले नै वालअधिकार संरक्षण गर्नु पर्ने राज्यको दायित्व हो उहाँको भनाई थियो । – तर राज्यले गर्न नसकेको काम एउटा व्यक्तिले गरेर राज्यलाई झकझकाउने काम भएको छ । यस्ता खालका सहयोगले समाजमा नया सन्देश दिनेकाम गरेको उहाँको भनाई थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व पर्यटन व्यवसायी तथा समाजसेवी नरेश भट्टराईले आफुले कमाएको केहि रकम समाजसेवामा खर्चिने आफ्नो उद्देश्य रहेको बताउनुभयो ।

समाजको विकास गर्न र आत्मासन्तुष्टि लिनका लागि आफुले कमाएको रकम समाज सेवा खर्चिेने लक्ष्य लिएको छु उनले भने– यसका लागि सवैको सहकार्य आवश्यक पर्दछ ।
अर्का सम्मानित व्यक्तित्व सौमाया भट्टराईले सेवा गर्दा आत्मसन्तुष्टि मिल्यो भने मात्र सच्चा सेवा गरेको ठहरीने बताईन ।
एकिकृत नेकपा माओवादी सम्मेलन आयोजक तमुवान राज्य समिति सदस्य ताराप्रसाद भुषालले समाज रुपान्तरणको लागि भट्टराईले गरेको कार्य अतुलनिय भएको बताए ।
नेपाली काँग्रेस स्या·जाका सभापति कमलप्रसाद पंगेनीले यस्ता खालका सहयोगले राज्यलाई उत्तरदायित्व बनाउन सहयोग मिल्ने बताए ।
नेकपा एमाले स्या·जाका उपसचिव सुदिर पौडेलले आम नागरिक प्रति राज्य उत्तरदायित्व वन्न नसकेको वेला भट्टराईको सहयोगले राज्यलाई झापट हानेको बताए ।
देवि तिवारी क्षेत्रिका काका महेन्द्र तिवारी क्षेत्रीले भट्टराई दम्पती लगायतकोे सहायोगले आफ्नो भतिजिले नया जिवन पाएको बताए ।
नव सृर्जना युवा क्लवका आजिवन सदस्य छायाराम खनालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बालीकको उपचारका लागि पहल गर्नुभएका पत्रकार एवं क्लबका अध्यक्ष घनश्याम पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा पोखरा बाट हिमालयन टेलिभिजनका ब्युरो प्रमुख कमल पराजुली पत्रकार प्रकाश चन्द्र सापकोटा ,उत्तम पण्डीत लगायतका सहभागीता रहेको थियो भने जिल्ला बाट पत्रकार प्रकाश डोटेल,भवानी शर्मा,प्रतिक्षा काफ्ले लगायतका पत्रकारहरुको सहभागीतामा भएको कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...