सिप्रदीद्वारा स्थानीय श्रृङ्गलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

पोखरा, २० असार/ सिप्रदी टे«डिङ प्रालिले पोखरामा स्थानीय श्रृङ्ग यातायात व्यवसायी समितिलाई एक–एक थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । विहिबार समितिको कार्यालयमा आयोजित कार्यक्रममा सिप्रदीका मार्केटिङ म्यानेजर सन्तोष खतिवडाले समितिका अध्यक्ष केदार पौडेललाई सामग्री हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमा बोल्दै खतिवडाले समितिले दिनप्रतिदिन गर्ने कार्यलाई सरल र वैज्ञानिक बनाउन कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको बताउनुभयो । उहाँले उक्त सानो सहयोगले सिप्रदी र समितिबीच सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

सहयोग ग्रहण गर्दै स्थानीय श्रृङ्ग यातायात व्यवसायी समितिका अध्यक्ष केदार पौडेलले सिप्रदी टे«डिङलाई धन्यवाद ज्ञापन गर्नुभयो । समितिले आफ्नै भवन निर्माण गर्ने क्रममा रहेको जनाउदै पौडेलले भवन निर्माणमा सक्दो सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा समितिका सचिव रामचन्द्र लामिछानेले समितिमा १५१ बस रहेकोमा करिब ९० प्रतिशत बस टाटा कम्पनीको रहेको जानकारी दिनुभयो । कार्यक्रममा समितिका कार्यालय प्रमुख इश्वरबहादुर हमाल, सिप्रदी टे«डिङका शरदकुमार न्यौपानेले पनि बोल्नुभएको थियो ।
सिप्रदी ट्रेडिङ प्रालिले सन् १९८२ देखि टाटा मोटर्स अफ इण्डियाको आधिकारिक विक्रेताका रुपमा नेपालमा टाटाका उत्पादन विक्रीवितरण गर्दै आएको छ । विक्री तथा सर्भिसको पूर्ण सुविधा भएको कम्पनीले आईएसओ ९००१ ः२००८ प्रमाणपत्र पनि पाइसकेको छ । सिप्रदी ट्रेडिङले व्यावसायिक गाडीको बजारमा सबैभन्दा बढी हिस्सा ओगटेको छ । कम्पनीका अनुसार नेपाली सडकमा गुड्ने व्यावसायिक गाडीहरुमध्ये करीब ७१ प्रतिशत टाटाका रहेका छन् । त्यस्तै, प्यासेञ्जर गाडीमा कम्पनीले सन् २०११ मा १५ प्रतिशत बजार ओगटेको बताएको छ ।
साथै, विक्री तथा सर्भिस सेण्टर नेटवर्क नेपालकै सबैभन्दा ठूलो भएको कम्पनीको दाबी छ । हाल सिप्रदीका आठओटा विक्री कार्यालय, व्यावसायिक गाडीका १५ र प्यासेञ्जर गाडीका १० ओटा आधिकारिक विक्री केन्द्र छन् । साथै, १० ओटा सर्भिस सेण्टर रहेका छन् । ग्राहकलाई वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले कम्पनीले छुट्टै फाइनान्स विभागको समेत स्थापना गरेको छ । सिप्रदीले ड्राइभिङ तालीम, ट्राफिक व्यवस्थापन, खानेपानी व्यवस्थापन, वृक्षरोपण तथा शिक्षा क्षेत्रमा समेत विशेष सहयोग गर्दै आएको छ ।

 

कमेन्टहरु
Loading...