भदौको तेश्रो साता देखि सेभेन ए साईड फुटवल हुने

पोखरा २०, असार/पोखरा अर्चलवोटमा रहेको युनाईटेड अर्चलवोट युथ क्लबको आयोजनामा आउदो भदौको १६ देखि २२ गतेसम्म सेभेन ए साईड फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले आज (विहिबार) पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

४० भन्दा बढी टिमको सहभागि रहने उक्त प्रतियोगितामा विजेता टोलीलाई उपाधि सहित ७७ हजार ७ सय ७७ रुपैया प्रदान गरीने भएको क्लबका अध्यक्ष पुर्णप्रसाद पुनले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, वेष्ट डिफेन्स, वेष्ट मिड फिल्ड, वेष्ट स्टाइकर, वेष्ट गोलरक्षकलाई ट्रफिको साथमा जनहि ५÷५ हजार पुरस्कार समेत प्रदान गरीने भएको अध्यक्ष पुनले बताए ।

स्थानीय खेलाडी उत्पादन गर्न, क्लवको खेल मैदान निमार्ण गर्न , युवाहरुमा खेल प्रति जागरण गराउन तथा खेलको विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष पुनले बताए । क्लबले यस अघि अर्चलबोट महोत्सव, रक्तदान कार्यक्रम, सरसफाई तथा एचआईभि÷एड्स सम्बन्धि सचेतना मुलक कार्यक्रमहरु समेत आयोजना गर्दै आएको पुर्व सचिव जय पुनले बताए । पोखराको पुरानो टुडिखेलमा आयोजना हुने प्रतियोगिता सम्पन्न गर्न ६ लाख ६६ हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।

पत्रकार सममेलनमा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष सुमन देवकोटाले यस्ता खेलले युवाहरुलाई विकृतिबाट मुक्त गराउन थप टेवा पुग्ने बताउदै उक्त प्रतियोगिता सम्पन्न गर्न सहकार्य गर्न आफु तयार भएको बताए । कार्यक्रममा नेवि संघका देवकृष्ण पराजुली, स्थानीय सुवर्णजंग केसी, तारानाथ अधिकारी लगायतल उक्त प्रतियोगिता सम्पन्न गर्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने वाचा गरे ।

कमेन्टहरु
Loading...