कास्कीका गाँउपालिकामा एमालेका प्रमुख र उपप्रमुखको उमेद्वार यी हुन्

पोखरा, १९ वैशाख/ नेकपा एमाले कास्कीले चारवटै गाँउपालिकाका प्रमुख र उप्रमुखका उम्मेदवार टुङगो लगाएको छ । एमाले कास्कीले रुपा गाँउपालिकाको प्रमुखमा नवराज ओझा र उपप्रमुखमा लालसुब्बा गुरुङलाई उम्मेदवार बनाएको छ ।

त्यसै गरि अन्नपूर्ण गाँउपालिका प्रमुखमा विष्णु केसी र उपप्रमुखमा सगुन गुरुङलाई उम्मेदवार बनाएको छ । त्यस्तै माछापुच्छे« गाँउपालिका प्रमुखमा कर्ण गुरुङ र उपप्रमुखमा कृष्ण दवाडीलाई टिकट दिएको छ भने मादी गाँउपालिका प्रमुखमा बेदबहादुर गुरुङ र उपप्रमुखमा विष्णु आचार्य पौडेल सर्वसम्वत भएका छन् ।

कमेन्टहरु
Loading...