पोखरा नयाँ अल्ट्रालाईट कम्पनी, पोखरा अल्ट्रालाईट द्धारा व्यवसायीक उडान शुरु

सागर राज तिमिल्सिना
पोखरा, २० असार/पोखरा अल्ट्रालाईट द्धारा सन्चालनमा ल्याएको पोखरा अल्ट्रालाईटले बुधबारबाट व्यवसायीक उठान शुरु गरेको छ । सरकारबाट व्यवसायीक उठानका लागी अनुमती पाए पछि उठान शुरु गरेको हो । यो सगै पोखरामा दुई वटा अल्ट्रालाईट कम्पनी सन्चालनमा आएका हुन् । तीन वटा अल्ट्रालाइटबाट पोखरा अल्ट्रालाईटले व्यवसायीक सेवा शुरु गरेको हो । कम्पनीका तीन वटै जहाजलाई असार १४ गते टेण्ट फ्लाइट गरेको थियो । आइसर २ नाम रहेको उक्त जहाज आइर कम्पनीले निमार्ण गरेको हो ।

DCIM100GOPROकरिब १४ हजार फिट माथी सम्म उडान भर्न सक्ने र ४ घण्टा सम्म उड्न सक्ने पोखरा अल्ट्रलाइट कम्पनीका अध्यक्ष डाक्टर प्रविन बानीयले जानकारी दिए । पोखरामा अल्ट्रालाईटको सम्भावना राम्रो भएकाले आफुहरुले नयाँ कम्पनी सन्चालनमा ल्याएको अध्यक्ष बानीयाले बताए । उनले पोखरामा आउने आन्तरीक तथा बाह्य पर्यटकहरुले नयाँ स्वाद पाउने बताए । पोखरामा आउने आन्तरीक तथा चिनिया, भारतीय र युरोपेली पर्यटकलाई मुख्य लक्ष्य रहेको प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठ बताए छन् ।

उनले पोखरामा सिजनका बेला पर्यटकले अल्ट्रालाईट चाहेर पनि चढ्न नपाने अवस्था रहेको बताउदै पर्यटकको चाहाना अनुसार नयाँ कम्पनी भित्रएको बताए । अल्ट्रालाईटमा उठानका लागी विदेशी पर्यटकहरुले १५ मिनेटको ७० युरो, ३० मिनेटका लागी १ सय २५ युरो, ६० मिनेटका लागी २ सय ८५ युरो तिनु पर्ने निर्देशक श्रेष्ठले जानकारी दिए । नेपाली पर्यटकहरुका लागी छुटै प्याकेज बनाउन लागेको श्रेष्ठको भनाई थियो ।

पाइलट सहित दुई जना चढ्न मिल्लने अल्ट्राराईट करिब एक सय ४३ किलो मिटर प्रति मिनेट उड्ने छ । श्रेष्ठले सन् २०१४ सम्ममा दुई वटा अल्ट्रालाईट थप गरि पाचँ वटा पु¥याउने लक्ष्य रहेको बताए । पोखराका तीन युवाहरुको करिब ५ करोडको लगानीमा पोखरामा अल्ट्रालाईट आएको हो । लगानी कर्ता डाक्टर प्रविन बानीया पेसाले डाक्टर हुने भने पोमनारायण श्रेष्ठ र विप्लप पौडेल पर्यटन व्यवसायी हुन् ।

कमेन्टहरु
Loading...