शिलन्यासको एक वर्ष भन्दा बढि हुदा पनि सुरु भएन पोखरा विमानस्थलको निर्माण

काठमाडौं, १७ वैशाख /पोखरामा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरु हुन निकै ढिलाई भएको छ। राष्ट्रिय गौरवको यो आयोजना चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट अहिलेसम्म एक रुपैयाँ पनि खर्च नभएर थन्किएको छ। चालु वर्षमा यो आयोजनालाई पाँच अर्ब रुपैयाँ विनियोजन गरिएको थियो।

चिनियाँ बैंकको सहुलियत ऋणमा निर्माण हुने भनिएको यो विमानस्थलका लागि आवस्यक हुने ऋण सम्झौता सक्रिय नहुँदा निर्माण कार्यमा ढिलाई भइरहेको सरकारी पक्षले जानकारी दिएको छ। विमानस्थल निर्माणको लागि नेपाल पक्षले गर्नुपर्ने सबै काम सम्पन्न गरिसक्दा पनि चिनियाँ पक्षले ढिलाई गर्दा आयोजना पहिले तोकिएको मितिभन्दा कम्तिमा पनि एक वर्षलाई पर सरेको छ।

ऋण सम्झौता सक्रिय भएको मितिले चारवर्षभित्र निर्माण सम्पन्न गर्ने र त्यसको लागि सन् २०१६ मा सम्झौता कार्यन्वयन हुने र सन् २०२० मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो।  तर सन् २०१७ भइसक्दा पनि ऋण सम्झौता कार्यन्वयन नहुँदा सन् २०२० मा उक्त विमानस्थल नबन्ने पक्का भएको आयोजना निर्देशक प्रदिप अधिकारीले जानकारी दिए।

नेपाल पक्षले गर्नुपर्ने सबै काम गरिसक्दा पनि चिनियाँ बैंककसँग धितोको विषयमा कुरा नमिल्दा ऋण सम्झौता कार्यन्वयन नभएको र जसको कारण सबै काम अगाडि बढ्न नसकेको निर्देशक अधिकारीको भनाइ छ।  एक्जीम बैंकसँग ऋण सम्झौता भएपनि बैंक, नागरिक उड्डय प्रािधरण र तेस्रो पक्ष सम्मलित ‘इस्कु’ खाता नखोलेसम्म ऋण सम्झौता कार्यन्वयन हुँदैन जुन बैंकले गर्न मानेको छैन।

बैंकले धितोको रुपमा नेपालभरका विमानस्थलहरु राख्नुपर्ने बताएपछि उक्त सम्झौताम ढिलाई भएको हो। नेपालका अन्य विमानस्थलमा एडिबी लगाएतका संघसंस्थाहरुको लगानी भएकोले पोखरा बाहेक अरु धितोको रुपमा राख्न नसकिने नेपाल पक्षले अडान लिएपछि गत वर्ष नै हुनुपर्ने सम्झौता अझैसम्म भएको छैन।

नागरिक उड्डय प्राधिकरण९क्यान० र अर्थमन्त्रालबीच साहयक ऋण सम्झौता सम्पन्न भइसकेको, जग्गा प्राप्ती गरिसकेको, विमानस्थल बाहिरको पूर्वाधार निर्माणको लागि नेपाली पक्ष नियुक्त गरिसकेको, वातावरणिय अध्ययन सम्पन्न गरिसकेको, डिजाइन तयार भइसकेको र उक्त डिजाइन पास गर्नको लागि कन्सलट्यान्ट नियुक्त गर्ने प्रक्रिया सुरु भइसकेको भएपनि ऋण सम्झौता कार्यान्वयन नहुँदा विमानस्थल निर्माणमा ढिलाई भएको अधिकारीहरुले बताएका छन्।

शिलान्यास भएको एक वर्ष वितिसक्दा पनि उक्त विमानस्थलको पूर्वाधार निर्माणमा देखिने प्रगति भने देखिएको छैन। तत्कालिन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको उक्त विमानस्थलको अझैसम्म डिजाइन पनि पास भएको छैन।

तर बैंकले विमानस्थलको डिजाइन पास नहुन्जेल ऋण दिन नमानेको अधिकारीहरुले बताएका छन्। आयोजनका निर्देशक अधिकारी भने यो मान्न तयार छैनन्। डिजाइन बनाइरहेको चाइना सिएएनसी इन्जिनियरिङ कन्सलटेन्सीले ऋण सम्झौता कार्यन्वयन नहुन्जेल डिजाइन नदिने र उक्त डिजाइन नआउँदा आयोजना अगाडि नबढ्ने अवस्था भएको उनको भनाइ छ।

आयोजनाको लागि आवस्यक पचास रोपनी जग्गाको मुआब्जा वितरणमात्र बाँकी रहेकोले अब चिनियाँ पक्ष पनि सहमत भइसकेको र उक्त टोली नेपाल आउनेबित्तिकै सम्भmौता हुने र निर्माणले गति लिने आयोजनाले बताएको छ। त्रिभुवन विमानस्थलमा चाप बढेको र अर्कोतिर हवाई सेवाप्रदायकहरुले विमान थप गरिरहेको सन्दर्भमा बैकल्पिक विमानस्थल अनिवार्य बन्दै गएको छ। तर बन्ने भनिएका विमानस्थलहरु ढिला हुँदा पर्यटन प्रभावित हुने व्यवसायीहरुको भनाइ छ।

कमेन्टहरु
Loading...