निरमाया दोहोरी साँझद्वारा सुमधुर साँझ आयोजना

पोखरा, १८ असार/पोखराको चिप्लेढुङ्गामा रहेको निरमाया दोहोरी साँझ आठौँ वर्षमा प्रवेश गरेको अवसरमा आज साँझ ७ बजे पछि दोहोरी साँझको प्राङ्गणमा वार्षिकोत्सव सुमधुर साँझ आयोजना गरेको संचालक सिम गुरुङले बताउनु भएको छ ।

आज गायक पशुपति शर्मा, शंकर विरही गुरुङ, जुना श्रीस मगर लगायत राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ भने स्थानिय कलाकारको पनि प्रस्तुति रहने गुरुङले जानकारी दिनुभयो ।

यसअघि निरमाया दोहोरी साँझ परिवारले स्वर्गीय लोकदोहोरी गायक तीर्थसागर सुवेदीकी छोरी सारथी सुवेदीलाई आर्थिक सहयोग, खेलकुद पत्रकार मञ्च कास्कीलाई ११ सेट फुटबल जर्सी प्रदान गरिसकेको छ । २०६३ सालदेखि सञ्चालित निरमाया दोहोरी साँझमा हाल ४५ जना कर्र्मचारी कार्यरत छन् ।

 

कमेन्टहरु
Loading...