गोल्डेनआइ टेलिभिजनले नया स्टुडियोबाट प्रशारण सुरु

पोखरा १८ असार/पोखराको पहिलो टेलिभिजन गोल्डेन आइ टेलिभिजनले मंगलबारदेखि नया स्टुडियोबाट प्रशारण शुरु गरेको छ । मंगलवार एक कार्यक्रममका विच विधिबत रुपमा पुजाआजा गरी कार्यक्रम उत्पादन तथा प्रशारण कक्षको उद्घाटन गरिएको छ ।

बिगत आठ वर्षदेखि पोखरामा सुचना, मनोरञ्जन तथा पर्यटन सम्बन्धी कार्यक्रमहरु उत्पादन गर्दै आइरहेको टेलिभिजनले मंगलबारदेखि नया स्टुडियोबाट कार्यक्रम प्रशारण सुरु गरेको टेलिभिजनका प्रबन्ध निर्देशक बसन्त क्षेत्रीले जानकारी दिए । गण्डकी र धौलागिरी अंचलमा प्रशारण हुदै आएको गोल्डेन आइ टेलिभिजनले आगामी दिनमा शहरी क्षेत्रमा मात्र नभइ ग्रामीण क्षेत्रहरुमा पनि प्रशारण क्षमता विस्तार गर्ने टेलिभिजनका प्रवन्ध निर्देशक क्षेत्रीले वताए ।

उद्घाटन कार्यक्रममा वोल्दै आगामी दिनमा अझ वढी सुचनामुलक कार्यक्रम र दर्शकका चाहना बमोजिमका कार्यक्रमहरु उत्पादनमा जोड दिने टेलिभिजनका निर्देशक मार्लिन क्षेत्रीले वताइन । २०६२ साल माघ देखि हाल सम्म निरन्तर सञ्चालनमा आएको टेलिभिजनले आगामी दिनमा सामाजिक उत्तरदायित्व निभाउने खालका कार्यक्रमलाई जोड दिने टेलिभिजनका निर्देशक चिरञ्जिवी भूर्तेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...