रेग्मीले भने- ‘प्रभू मलाई देऊ भनेर आएको होइन’

काठमाडौं, असार १७ – अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आफू हात जोडेर सरकारमा नआएको स्पष्ट पारेका छन् । ‘प्रभू मलाई देऊ भनेर आएको होइन,’ सोमबार बालुवाटारमा जनता पार्टी नेपालको ज्ञापन पत्र बुझ्दै अध्यक्ष रेग्मीले भने ।

रेग्मीले अहिलेको सरकारलाई असंवैधानिक भनेर राजनीतिक दलहरुबाटै अर्को सरकार बनाइएपनि निर्वाचन सम्भव नहुने दाबी गरे । ‘दलहरुबाट निर्वाचन सम्पन्न हुने थियो भने भैसक्थ्यो, तपाईंहरुले देखिराख्नु भएको छ, अहिले पनि पार्टीहरु चिरा-चिरा परेका छन् ।’ रेग्मीले अफगानिस्तान, पाकिस्तानलगायतका द्वन्द्वग्रस्त मुलुकहरुमा पनि चुनाव भएको दृष्टान्त पेश गरे ।

रेग्मीले चार दलको दबाबमा आफूले काम गरेको आरोपको पनि खण्डन गरे । ‘यो सिन्डिकेटको कुरा छाड्नुस्, यो दबाबमा, ऊ दबाबमा भन्ने कुरा पनि छोड्नुस्,’ उनको स्पष्टोक्ति थियो । संवैधानिक निकासका लागि चुनाव अपरिहार्य रहेको उनको भनाइ थियो । उनले बाबुराम भट्टराई सरकारले बल गरे पनि १० महिनासम्म चुनाव हुन नसकेको उल्लेख गरे ।

– See more at: http://www.ekantipur.com/np/2070/3/17/full-story/371235.html#sthash.VKuyzHib.dpuf

कमेन्टहरु
Loading...