स्पेनलाई हराउँदै ब्राजिलले उपाधि जित्यो

१७ असार, काठमाडौं । ब्राजिलले कन्फिडेरेसन कप फुटवलको उपाधिमा ह्याट्रिक गरेको छ । सोमबार विहान भएको फाइनल भिडन्तमा विश्व विजेता स्पेनलाई ३–० गोल अन्तरले आयोजक राष्ट्र ब्राजिलले उपाधि उचालेको हो । कन्फिडेरेसन कपको उपाधिमा ह्याट्रिक गर्ने ब्राजिल पहिलो देश हो । फ्रान्सले २ पटक उपाधि जितेको छ ।

Brazil vs Spain 1

घरेलु मैदानमा भएको खेलमा ब्राजिलले दोस्रो मिनेटमा नै फ्रेडको गोलबाट अग्रता लिएको थियो । ४४ औ मिनेटमा नेइमारले गोल गर्दै अग्रता दोब्बर पारे भने ४७ औं मिनेटमा फ्रेडले व्यक्तिगत दोस्रो गोल गरेपछि ब्राजिल ३–० ले अघि रह्यो ।

खेलको ५४ औं मिनेटमा स्पेनले पेनाल्टी पायो । तर, सर्जिओ रामोस गोल गर्न चुके । नेयमारलाई लडाएपछि जेरार्ड पीके रातो कार्ड खाँदै बाहिरिएपछि अन्तिम २२ मिनेट स्पेन १० खेलाडीमा सिमित भएको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा इटलीले उरुग्बेलाई टाइब्रेकरमा पराजित गरेको छ । निर्धारित तथा अतिरिक्त समय २–२ गोल भए पछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

Brazil vs Spain 3

 

Brazil vs Spain

Brazil vs Spain 2

– See more at: http://www.onlinekhabar.com/2013/07/88418/#sthash.GR48zhgT.dpuf

कमेन्टहरु
Loading...