बलात्कारका अभियुक्त पक्राउ

लहान – सिरहाको चिकना–३ कि १३ वर्षीया किशोरीलाई बलात्कार गरी फरार अभियुक्तलाई ११ दिनपछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने सोही गाउँ वडा नम्वर ७ का १९ वर्षे सुरेशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर ज्ञानकुमार महतोले बताए।
गाउँमै लुकीछिपी बस्दै आएका यादवलाई विशेष सुरकीको आधारमा पक्राउ गरिएको महतोले जानकारी दिए। गाउँकै चौरमा भैसीं चराउन गएको बेला यादवले आफूलाई बलात्कार गरेको जाहेरी ती किशोरीले प्रहरीमा दर्ता गराएकी थिइन्  cp.nagariknews.com
कमेन्टहरु
Loading...