अंश जोगाउन १ लाखमा श्रीमतीको हत्या

बारा, ३१ चैत /वीरगन्जस्थित स्वास्थ्यचौकीमा कार्यरत अहेव बबिताकुमारी पण्डित कुम्हालको हत्या उनकै पतिले गराएको प्रहरीले खुलासा गरेको छ । आजको कान्तिपुरमा खबर छ ।

सर्लाही गोडैता ११ का ३५ वर्षीय अमरेन्द्रकुमार पण्डितले १ लाख खर्चेर २८ वर्षीया पत्नीको हत्या गराएको प्रहरी अनुसन्धनबाट खुलेको हो । बबिता जागिरको सिलसिलामा एक बर्षदेखि वीरगन्ज बस्दै आएकी थिइन्। प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर हत्याको आरोपमा पक्राउ परेका अमरेन्द्र र उनका काकाका छोरा ज्ञानेन्द्रको बयानबाट यस्तो खुलेको जनायो।

जिल्ला प्रहरी प्रमुख नरेन्द्रप्रसाद उप्रेतीले बविताले सम्बन्ध विच्छेदसहित अंशका लागि सर्लाही अदालतमा मुद्दा दिएको र अंश दिने आदेश भएको बताए । ‘उक्त अंश जोगाउनलाई अमरेन्द्रले भाइ नाता पर्नेबाट हत्या गराएको खुलेको छ,’ उप्रेतीले भने ।

कमेन्टहरु
Loading...