अनेरास्ववियुले पनि घर फर्क अभियान चलाउने

१७ असार, काठमाडौं । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विगतमा संगठन छाडेका र निष्त्रिmय रहेका नेता तथा कार्यकर्तालाई पुनः संगठनमा ल्याउन अभियान चलाउने भएको छ ।

संगठनको हालै सम्पन्न सचिवालय बैठकले संगठनको पृष्ठभूमिबाट विकास भएर अहिले अन्य संगठनमा रहेका तथा निष्त्रिmय रहेका नेता तथा कार्यकर्तालाई पुनः संगठनमा ल्याउन पहल गर्ने निर्णय गरेको हो । सोमबार निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयोजक माधव ढुंगलेले आफ्नो मातृ संगठनमा र्फकने क्रम चलेकोले अनेरास्ववियुका उत्पादकहरु धेरै दलमा रहेका र केही निष्त्रिmय रहेको अवस्थामा आफूहरुले अग्रजलाई फर्काउन अभियान चलाएको बताउनु भयो ।

बैठकले आगामी साउन १८ देखि २० गतेसम्म दाङमा संगठनको विद्यान सम्मेलन र असोज ३ देखि ५ गतेसम्म राजधानीमा २१ औ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले असार ९ गते ईन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राडा भरत पहारीमाथि भएको आक्रमणप्रति खेद ब्यक्तगर्दै आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।

 

कमेन्टहरु
Loading...