पोखराको बुलौदीमा दुर्घटनाहुदा दुई घाइते, एकको अवस्था चिन्ताजनक

पोखरा, २६ चैत /पोखराको बुलौदीमा ग१०प ८१०१ नम्बरको स्कुटर दुर्घटना  हुदा दुई जना घाइते भएका छन् । आइतबार बिहान भएको दुर्घटनापरि पोखरा ७ बस्दै आएका १७ वर्षिय आविस्कार पराजुली र नमस्ते चिल्डेन होममा बस्ने १६ वर्षिय धिरज तामाङ रहेका छन् ।

पोखराको गण्डकी मेडिकल केलजमा उपचाररत आविस्कारको अवस्था चिन्ताजक रहेको प्रहरीले जानकारी दिएको छ । लेकसाइडबाट जिरो किलोमिटर तिर जादै गरेको स्कुटर विजुलीको पोलमा ठोकिएर दुर्घटना भएको थियो ।

हेल्मेट समेत नलगाइ चलाएका कारण चालक बढि घाइते हुन पुगेको प्रहरीको भनाई छ । घटनाका बारेमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय बैदामा प्रहरी निरिक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...