मतदाता सामग्री जिल्ला पठाउन सुरु

काठमाडौं, २६ चैत /निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि मुद्रण गरेको मतदाता शिक्षासम्बन्धी सामग्री शनिबारबाट जिल्ला पठाउन सुरु गरेको आयोगले यसपटक मतदाता शिक्षाका लागि पाँच प्रकारका पोस्टर, निर्वाचनका सम्बन्धमा बारम्बार सोधिने प्रश्नको जवाफ, हातेपुस्तिका, स्रोत पुस्तिकाजस्ता शैक्षिक सामग्री तयार भएको आयोगका सहसचिव नवराज ढकालले जानकारी दिए मतदाता शिक्षासम्बन्धी पोस्टरमा निर्वाचन आचारसंहिता किन कसले पालना गर्नुपर्छ, गाउँसभा नगरसभामा निर्वाचित हुने पदाधिकारी, मतपत्र लिने, सातवटा अलगअलग चिह्नमा स्वस्तिक चिह्न लगाउने, मतपत्र पट्याउने खसाल्ने विषय समेटिएको

 

त्यस्तै, मतपत्र बदर हुने अवस्था, मतदानको समय, मतदानका लागी लाइनमा बस्ने तरिका, मतदान गर्नुपर्ने कारणलगायतका विषयपनि शैक्षिक सामग्रीमा समेटिएका छन् ।आयोगले आगामी निर्वाचनका लागि झन्डै ५५ लाख थान मतदाता शिक्षा सामग्री मुद्रण गरिएको जनाएको ।बाँके, बर्दिया, डोल्पा, मुगु, हुम्ला, जाजरकोट, डडेल्धुरा, अछाम, बाजुरा, बझाङलगायतका जिल्लाका लागि आवश्यक मतदाता शिक्षासामग्री बोकेका गाडी आयोगबाट प्रस्थान गरिसकेका छन् ।मुलुकका ५४ जिल्लाका लागि त्यस्ता मतदाता शिक्षासम्बन्धी सबै सामग्री प्याकिङ भइसकेको आयोगले जनाएको

 

ठूलो मतपत्र, निकैपछि हुन लागेको स्थानीय तहको निर्वाचन, एउटै मतपत्रबाट सातजना उम्मेदवारलाई चुन्नुपर्ने अवस्था मतदाताको अमूल्य मत बदर भएर खेर नजाओस् तथा मतदान गर्ने सन्दर्भमा मतदाता अलमलमा नपरुन् भनेर आयोगले आगामी निर्वाचनमा मतदाता शिक्षा कार्यक्रमलाई घरदैलोमा पुर्याउन लागेको हो ।मतदाता शिक्षाका लागि यही वैशाख गतेदेखि २१ हजार स्वयंसेवक मतदाताको घरदैलोमा खटिने छन् सो क्रममा एकजना स्वयंसेवीले कम्तीमा पनि ७०० देखि एक हजारसम्मलाई मतदाता शिक्षासम्बन्धी जानकारी गराउनुपर्नेछ

 

स्वच्छ, स्वतन्त्र भयरहित वातावरणमा निर्वाचन गराउने सिलसिलामा निकै महत्वपूर्ण विषयका रुपमा रहेको मतदाताको परिचयपत्र वितरणको काम आयोगले आगामी वैशाख २८ देखि ३० गतेसम्म सम्बन्धित मतदान केन्द्रबाट गर्ने निर्णय गरेको ।हरेक मतदान केन्द्रबाट मतदातालाई सहज सरल ढंगले मतदाता परिचयपत्र वितरण गर्न चैत २७ गते नै मतदान अधिकृतको टोली मतदान केन्द्रमा पुग्ने व्यवस्था मिलाइनुपर्ने निर्णय आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए

 

परिचयपत्र सकेसम्म सम्बन्धित मतदाता आफैँले लिनुपर्ने, यदि त्यो हुन नसकेमा परिवारको सदस्यमार्फत भर्पाई गरेर लिन सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।मतदाता परिचयपत्र वितरण गर्नका लागि स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजको परामर्शमा वितरणको व्यवस्था मिलाउनपनि आयोगले मतदान अधिृकतलाई निर्देशित गरेको

 

त्यस्तै, निर्वाचन आयोगले राजनीतिक दलको आधिकारिक हस्ताक्षर बुझाउने अवधि यही चैत ३० गतेसम्म थप गर्ने निर्णय गरेको ।आजसम्म संघीय समाजवादी फोरम, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नयाँ शक्ति पार्टी नेपाललगायतका ३६ वटा राजनीतिक दरले हस्ताक्षर बुझाइसकेको आयोगले जनाएको ।वैशाख १६ गते उम्मेदवारको मनोनयन गर्दा कुन दलको कुन उम्मेदवार हुन् भनेर छुट्याउन दलको आधिकारिक उम्मेदवारको पहिचान गर्न सजिलो होस् भनेर आयोगले यस्तो निर्णय गरेको हो रासस

कमेन्टहरु
Loading...