फोटोग्राफरहरुले मुसहर बस्ती निमार्णका लागि ध्रुमुस सुन्तली फाउन्डेसनलाई सहयोग

पोखरा,२५ चैत्र/पोखरा फोटोग्राफर संघ पोखरा नेपालको आयोजनामा चैत्र २३ देखि पुर्वी नेपालका बिभिन्न स्थानहरुको अवलोकन भ्रमणमा निस्केका पोखरा फोटोग्राफर संघका सदस्यहरुले मुसहर बस्ती निमार्णका लागि धु्रमुस सुन्तली फाउण्डेसनलाई २० हजार १ सय रुपैया सहयोग रकम हस्तान्तरण गरेका छन् ।

आन्तरिक पर्यटन प्रबर्धनका लागि पुर्वी नेपालको अवलोकन भ्रमणमा निस्केको भ्रमण टोलिले मुसहर एकिकृत बस्ती निमार्णमा लागेका हास्य कलाकार सिताराम कटेल र कुञ्जना घिमिरे ( ध्रुमुस, सुन्तली ) ले स्थापना गरेको धु्रमुससुन्तली फाउण्डेसनलाई एक कार्यक्रमका बिच पोखरा फोटोग्राफर संघ पोखरा नेपालका संरक्षक गणेश छवीले सो रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग बापत दिईएको रकम मध्ये पोखरा फोटोग्राफर संघको कोषबाट ५ हजार रुपैया , संस्थाका अध्यक्ष तुलसी राम सुवेदीको तर्फबाट २ हजार १ सय रुपैया र बाकी १३ हजार रुपैया भ्रमण टोलीमा सहभागी सदस्यहरुले संकलन गरि सहयोग गरिएको थियो । पोखरा फोटोग्राफर संघ पोखरा नेपालका सदस्यहरुले आफ्नो यात्राको लागि छुटा्ईएको निश्चित रकम मध्ये बाट यो सहयोग रकम हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष तुलसी राम सुवेदीले बताउनुभयो ।

पोखरा फोटोग्राफर संघ पोखरा नेपाल एक ब्यवसायीक संस्था भएता पनि बेलाबेलामा यस किसीमका सामाजिक दायित्वहरुलाई समेत आत्मसाथ गर्दै लैजाने गरिएकोे कुरा सुवेदीले बताउनु भयो । यो भ्रमण टोलीेले नेपालका धुलिखेल बिपिमार्ग सिन्धुली हुदै पुर्वी नेपालका बर्दिबास, मुसहर एकिकृत बस्ती , कोशीटप्पु ईटहरी धरान, भेडेटार, धनकुटा हिले ,चतराधाम, दन्तकाली, बिराटनगर जनकपुर ,हेटौडा लगायतका स्थानहरुको भ्रमण गर्ने छ । भ्रमण टोलिमा पोखरा फोटोग्राफर संघ पोखरा नेपालका २० जना सदस्यहरु सहभागि छन् ।

कमेन्टहरु
Loading...