शर्माको स्वास्थ्य लाभको कामना

पोखरा, १७ असार /प्रेस चौतारी कास्कीले प्रेस स्वतन्त्र सेनानी एवम् पे्रस काउन्सिलका सदस्य माधव शर्माको सिघ्र्र स्वास्थ्य लाभको कामना गरेको छ । प्रेस चौतारी कास्कीका सचिव माधव बरालद्धारा जारी विज्ञप्तिमा, ब्रेन ह्यामरेजका कारण काठमाण्डौको बयोधा अस्पतालमा उपचाररत शर्माको स्वास्थ्य लाभको कामना गरिएको हो । शुक्रबारदेखि बयोधा अस्पतालको सघन उपचारकक्ष (आइसियू) मा उपचाररत शर्माको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले बताएको छ ।

दोलखामा सम्पन्न प्रेस काउन्सिलको वैठकमा सहभागि भएर फर्कने क्रममा अचानक विरामी पर्नुभएका शर्मालाई तत्कालै उपचारका लागि अस्पताल पु¥याइएको थियो । खतरामुक्त रहनु भएका शर्मालाई अझै एक हप्ता अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् । शर्मा पोखराबाट प्रकाशित हट्लाइन दैनिकका प्रधान सम्पादक समेत हुनुहुन्छ ।

कमेन्टहरु
Loading...