पोखरामा बोलबमको चर्चा सुरु

पोखरा, १६ असार/साउन महिना नजिकिदै जाँदा पोखरामा बोलबमको चर्चा सुरु भएको छ । केदारेश्वर महादेवमणि मन्दिर व्यवस्थापन समिति बैदामले यस वर्ष पनि पोखरामा भव्यताका साथ बोलबम कार्यक्रम गर्ने भएको छ । भक्तजनहरुले साउनको सोमबार गाईघाटस्थित सेतीकिनारबाट जल लिएर केदारेश्वर मन्दिरमा शिवलिङ्गमा चढाउनुका साथै शिवको आराधना गर्दछन् ।

साउनको हरेक सोमबार हुने बोलबम कार्यक्रमलाई व्यवस्थित पार्न पुनः शंकर खरालको मूलसंयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । मन्दिर व्यवस्थापन समितिको सम्पन्न बैठकले सम्पूर्ण भक्तजनहरुलाई सहभागीता जनाइ बोलबम कार्यक्रमलाई भव्य बनाउन आग्रहसमेत गरेको मन्दिरका अध्यक्ष सूर्यनाथ अधिकारीले जनाए ।

मन्दिरका पुजारी इन्द्र पौडेलका अनुसार साउने संक्रान्तिको दिन १००८ बेलपत्र अर्पण एवं रुद्राभिषेक पूजा गरिनेछ । यसैगरी, बोलबम यात्राको प्रचारस्वरुप साउन ५ गते शनिबार मोटरसाइकल ¥याली गर्ने निर्णय गरिएको समितिका सचिव खिमबहादुर पहारीले जानकारी दिए । बैठकले भजन संयोजक प्रजापति पराजुली, सहसंयोजक कमल बास्तोला, प्रचार संयोजक शंकर खराल, सहसंयोजक विजय नेपाललाई तोकेको छ ।

झाँकीमा रामजी बानियाँ, स्वयंसेवकमा शंकर तिवारी, आर्थिकमा रामप्रसाद बस्ताकोटी, मन्दिरभित्र पुजा व्यवस्थापन गोपाल सुवेदी, ट्राफिक व्यवस्थापनमा जीत गुरुङ, महिला परिचालनमा पदमा आचार्य, अतिथि सत्कार एवं स्काउट परिचालनमा लक्ष्मण गौतम, आधारभूत स्वास्थ्य उपचारमा नवराज त्रिपाठी, मोटरसाइकल ¥यालीमा हरि आचार्यलाई संयोजक तोकेको उपाध्यक्ष दयानन्द पोखरेलले जनाए ।

कमेन्टहरु
Loading...