म त आमा न हु

लक्ष्मी पौडेल

जसरी तिमी सानो हुदा आमा म तिम्लार्इ माया गर्छु भन्दा छाती गर्वले फुल्थियो
तिम्रा कलिला हातमा हात हुदा हात्केलाका ठेलामा जलन छोडी आनन्द मिल्थियो
ती गोबर सङै मैलेका हातरुले तिमिलाइ छुन डराउथ्यो मेरो राजा लाई मैलो नलागोस भनेर
थाकेको ज्यान छ तर पनि काखैमा राख्थे मेरो ममता तिमी देखि टाढा नभागोस भनेर

याद छ तिमिले भनेको क्या है आमा म पढेर ठूलो हुन्छु अनि ती साहु आमा जस्तै तिम्लाइ कुर्सीमा राक्छु
यो गोबरले हात फुत्यो म ठूलो भएसी तिमिलाइ ती साहु आमा जस्तै केही काम नगराइ राक्छु
म त तिमिलाइ कैलै छोडेर जान्न तिमी सङगै बस्छु तिमीसङै हास्छु आटो पिठोमै रमाउछु
म ठूलो हुन्छु तिम्लार्इ घरमै राखेर धेरै काम गर्छु म आफै कमाउछु

मैले आ गरेको आधा गाँस काटेर सम्झन्थे मेला पातमा मेरो राजा भोको छ भनेर
गुन्जन्थे पहरा पहरा खानी हरुमा चर्को स्वोर्ले मेरो राजा रोको छ भनेर
मेरो सारिको फुर्को काटेर तिम्रो भोटो सिलाइदिदा मेरै छोरो हो भनेर हर्शका आँसु बग्थे
मेरो सन्तान जस्तो राम्रो कोइ छैन भन्दै ममताका मिठा मिठा
सब्द ओठ्बात खस्थे

खोइ म त तिम्रो पेट अघाएको देख्दा मकैका ठेलामै रात काट्थे
मेरो छोरो धेरै पढोस ठूलो मान्छे बनोस भन्दै पैसाका लागि आरुका झुठ्ठा भाडा मोल्थे
भन्न त भन्थे गाउलेले कत्ति गर्छेस छोरोको लागि छोरोको मनले तेरो दुख देख्दैन भनेर
मेरै लागि जवानी सङै ढुंगा बोकि बुढी भइन मेरि आमा भनेर भन्दैन भनेर

म अनपढ भए साथि भाइ सामु देखाउन लाज लाग्छ क्यार्छौ त तिम्रो भाग्य यस्तै रैछ
म झन समीप आउन खोज्छु तर तिमी ममता पर सार्छौ के गर्नु खै मेरो पनि भाग्य यस्तै रैछ
म त तिम्रो मायामा अन्धी छु आमा न हु तिम्रो तिर्स्कारमा पनि अमृतनै घोल्छु
म त तिम्रो हरेक तिता वचन छोरो थियो र पो आमा भए भन्दै आमुल्य रत्न सङ मोल्छु

तर आज तिम्ले यो आगन नटेके पनि सनो छदा लर्बराउदै हिडेका पाइलाका डाम अझै पनि देक्छु मैले
आज आमा भनेर बोलाउन लाज लागेपनी सानो छदा तोते बोलिमा आमा भनेको अझै पनि सुन्छु मैले
आज म रोएको देख्ने आँखा छैनन तिम्रा तर पैले कसेर परेर आँसु बग्दा तिम्रो हत्केलाले आँसु पुछेको सम्झन्छु मैले
आज तिम्ले चट्क्कै भुले पनि हर रात मेरो छोरोको सबै राम्रो होस भन्दै ईश्वरसङ कल्पन्छु मैले

कमेन्टहरु
Loading...