पोखरा महानगरपालिका वडा नम्बर ६ मा १९ जना वडा अध्यक्षका आंकाक्षी

पोखरा, २० चैत /आउँदो स्थानीय तहको चुनावमा कास्कीबाट ७२ जना वडा अध्यक्ष निर्वाचित हुनेछन् । त्यसमध्ये ३३ जना पोखरा लेखनाथ महानगरपालिकामा मात्रै हुनेछन् ।

पोखरा लेखनाथ महानगरपालिकाको ३३ वटै वडामा वडाध्यक्षको लागि आकांक्षा देखाउनेको सूची निकै लामो छ । विशेषगरी नेपाली काँग्रेस, नेकपा एमाले र माओबादी केन्द्रका कार्यकर्ताहरु वडाअध्यक्षको लागि विशेष लविङमा जुटिरहेका छन् । राप्रपा, नयाँ शक्ती र अन्य पार्टीहरुको पनि दावी छ ।

पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ६ नम्बर वडामा काँग्रेसका बलराम गिरी, लक्ष्मी बहादुर भट्टराई, मन्दरा ढकाल, जगत पहारी, एमालेका केदार न्यौपाने, भीमसेन भुजेल, बलराम पहारी, दल बहादुर केसी, मंगल नेपाली, बिष्णु भट्टराई, हेम कुमार श्रेष्ठ, नवराज पहारी र माओबादीका लिलाधर अधिकारी, अग्नी कँडेल, गोमा ढकाल, गुरुदत्त पहारीको नाम सुनिएको छ । त्यसै गरि नयाँ शक्तिबाट बम बाहादुर थापा, लक्ष्मि खाती हरि बस्ताकोटीको चर्चा छ ।

कमेन्टहरु
Loading...