पोखरा, २० चैत /आउँदो स्थानीय तहको चुनावमा कास्कीबाट ७२ जना वडा अध्यक्ष निर्वाचित हुनेछन् । त्यसमध्ये ३३ जना पोखरा लेखनाथ महानगरपालिकामा मात्रै हुनेछन् । पोखरा लेखनाथ महानगरपालिकाको ३३ वटै वडामा वडाध्यक्षको लागि आकांक्षा देखाउनेको सूची निकै लामो छ ।
विशेषगरी नेपाली काँग्रेस, नेकपा एमाले र माओबादी केन्द्रका कार्यकर्ताहरु वडाअध्यक्षको लागि विशेष लविङमा जुटिरहेका छन् । राप्रपा, नयाँ शक्ती र अन्य पार्टीहरुको पनि दावी छ ।
पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ५ मा वडाध्यक्षका लागि काँग्रेसमा फणिन्द्र पराजुली, धन बहादुर नगरकोटी, धु्रब कोइराला, शुभद्रा कोइराला, दिलमाया कोइराला, बिजय लक्ष्मी कोइराला, एमालेमा धन बहादुर नेपाली, बिष्णु बराल, पुष्पराज बराल, उज्वल खत्री, निर्मल खत्री, धर्मराज अधिकारी र माओबादीका नारायणबिक्रम शाही अग्र पंक्तीमा छन् । त्यसै गरि नयाँ शक्तिबाट शौभित पौडेल र हिमलाल पराजुली अगाडी छन् ।