पोखरा महानगरपालिका वडा नम्बर ३ मा १२ जना आंकाक्षी

पोखरा, २० चैत /आउँदो स्थानीय तहको चुनावमा कास्कीबाट ७२ जना वडा अध्यक्ष निर्वाचित हुनेछन् । त्यसमध्ये ३३ जना पोखरा लेखनाथ महानगरपालिकामा मात्रै हुनेछन् । पोखरा लेखनाथ महानगरपालिकाको ३३ वटै वडामा वडाध्यक्षको लागि आकांक्षा देखाउनेको सूची निकै लामो छ ।

विशेषगरी नेपाली काँग्रेस, नेकपा एमाले र माओबादी केन्द्रका कार्यकर्ताहरु वडाअध्यक्षको लागि विशेष लविङमा जुटिरहेका छन् । राप्रपा, नयाँ शक्ती र अन्य पार्टीहरुको पनि दावी छ ।

नयाँ संरचना अनुसार पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३ मा काँग्रेसको तर्फबाट विष्णु खुवाजु, दिलिप गिरी, कृष्ण अधिकारी, एमालेमा राज कुमारी भुजेल, शशिधर पराजुली, अर्जुन पराजुली र माओबादी केन्द्रमा सुमिता बस्नेत, भीम बहादुर गुरुङ, मान बहादुर विक, खुम बहादुर पुन, प्रताप बानियाँ, मनमाया विक चुनावमा उम्मेदवारीका लागि लविङमा जुटेका छन् ।

कमेन्टहरु
Loading...