पोखरा महानगरपालिका वडा नम्बर २ मा ८ जना आंकाक्षी

पोखरा, २० चैत /आउँदो स्थानीय तहको चुनावमा कास्कीबाट ७२ जना वडा अध्यक्ष निर्वाचित हुनेछन् । त्यसमध्ये ३३ जना पोखरा लेखनाथ महानगरपालिकामा मात्रै हुनेछन् । पोखरा लेखनाथ महानगरपालिकाको ३३ वटै वडामा वडाध्यक्षको लागि आकांक्षा देखाउनेको सूची निकै लामो छ ।

विशेषगरी नेपाली काँग्रेस, नेकपा एमाले र माओबादी केन्द्रका कार्यकर्ताहरु वडाअध्यक्षको लागि विशेष लविङमा जुटिरहेका छन् । राप्रपा, नयाँ शक्ती र अन्य पार्टीहरुको पनि दावी छ ।

नयाँ संरचना अनुसार पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर २ मा काँग्रेसका गौतम बिजुक्छे र सुरेन्द्रमान बिजुक्छेको नाम बढी चर्चामा छ भने एमालेका शुशिला पराजुली, दिननाथ अधिकारी, माया सुवेदी, खगेन्द्रराज पराजुली, कृष्ण बहादुर जिसी तथा माओबादी केन्द्रमा माधव पौडेल वडा अध्यक्षको लागि दावी गरिरहेका छन् ।

कमेन्टहरु
Loading...