पोखरा महानगरपालिका वडा नम्बर १ मा १३ जना आंकाक्षी

पोखरा, २० चैत /आउँदो स्थानीय तहको चुनावमा कास्कीबाट ७२ जना वडा अध्यक्ष निर्वाचित हुनेछन् । त्यसमध्ये ३३ जना पोखरा लेखनाथ महानगरपालिकामा मात्रै हुनेछन् । कास्कीमा दर्ता भएका २३ दलभित्रै बाट यी अध्यक्षहरु निर्वाचित हुने सम्भावना बढी छ । यद्यपी स्वतन्त्र रुपमा उम्मेदवारी दिन पाउने प्रावधान पनि संविधानमा स्पष्ट छ । तर जुन क्षेत्रबाट स्थानीय तहको चुनावमा उम्मेदवारी दिन लागेको छ, त्यहा सम्बन्धित ब्यक्तिको मतदाता नामावलीमा नाम हुनुपर्छ ।

राज्य पुनर्संरचनापछि पोखरा लेखनाथ र नजिकका गाविसहरु समायोजन गरेर बनेको पोखरा लेखनाथ महानगरपालिकाको ३३ वटै वडामा वडाध्यक्षको लागि आकांक्षा देखाउनेको सूची निकै लामो छ । विशेषगरी नेपाली काँग्रेस, नेकपा एमाले र माओबादी केन्द्रका कार्यकर्ताहरु वडाअध्यक्षको लागि विशेष लविङमा जुटिरहेका छन् । राप्रपा, नयाँ शक्ती र अन्य पार्टीहरुको पनि दावी छ । यद्यपी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र महानगरका प्रमुख, उपप्रमुख जस्तो बढी चर्चा र बहस भने भएको देखिँदैन ।

स्थानीय सरकार गठनका लागि पहिलोपटक चुनाव हुन लागेकाले पदाधिकारीहरुको जिम्मेवारीबारे अन्यौल कायम छ । मतदातालाई मात्र होइन, उम्मेदवारका आकांक्षीहरु पनि पदअनुसारको जिम्मेवारीमा अन्यौल छन् ।

नयाँ संरचना अनुसार पोखरा लेखनाथ महानगरपालिकाको १ नम्बर वडामा काँग्रेसका टंकनाथ पौडेल, गोविन्द नेपाली, गंगा बहादुर गुरुङ, माधव पराजुली, रुद्रमणी पराजुली, एमालेका शारदा पराजुली, धु्रव पराजुली, रुद्र सुवेदी, ईश्वरी बास्तोला र माओबादी केन्द्रका बालाकृष्ण कोइराला, मदन भण्डारी, डिल्लीराम अधिकारीको नाम अगाडी छ ।

कमेन्टहरु
Loading...