अक्षरयात्रा प्रतिभा पुरस्कारबाट सुरज पुरस्कृत

पोखरा, २० चैत /यस वर्षको अक्षरयात्रा प्रतिभा पुरस्कारबाट युवा साहित्यकार सुरज उपाध्याय पुरस्कृत हुनुभएको छ ।
गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा मासिक रुपमा पोखराबाट सञ्चालित साहित्यिक अभियान अक्षरयात्रामा सव्रिmय सहभागी भई उत्कृष्ट सिर्जना गरेको भन्दै युवा साहित्यकार उपाध्यायलाई सो पुरस्कार प्रदान गरिएको हो ।

पोखरामा शनिबार आयोजित अक्षरयात्राको १४० औँ शृङ्खलामा प्रमुख अतिथि गण्डकी बोर्डिङ स्कुलकमा प्राचार्य रविप्रसाद बरालले उपाध्यायलाई दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गर्नुभयो । उहाँले साहित्यले जीवन र जगत्लाई सकारात्मक परिवर्तनतर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । पोखराबाट अक्षरयात्राले साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै बरालले साहित्यकार उपाध्याय पोखरेली साहित्यले गर्व गर्न लायक साहित्यकार भएको बताउनुभयो ।

सम्मानित स्रष्टा उपाध्यायले आफूले कहिल्यै पनि पुरस्कार पाउँला भन्ने सोचेर साहित्य लेखन नगरे पनि अक्षरयात्राले आफूलाई पुरस्कृत गर्दा थप जिम्मेवारी थपिएको महसुस भएको बताउनुभयो । उहाँले अक्षरयात्राले दिएको वातावरणले आफूभित्रको प्रतिभा खारिन महत्त्वपूर्ण भूमिका खेलेकोमा गौरव लागेको बताउनुभयो । स्याङ्जाको आरुखर्कमा जन्मेर डेढ दशकदेखि पोखरामा रहेर साहित्य साधना गर्नुभएका साहित्यकार उपाध्यायका २०६० सालमा ‘तिम्रो मन फर्किएन’ गजल सङ्ग्रह र २०७१ मा ‘चिल उड्यो आकासमा’ बाल कविता सङ्ग्रह प्रकाशन भएको छ ।

¥याण्डम रिडर्स सोसाइटी अफ् नेपाल र प्रगतिशील लेखक सङ्घमा आबद्ध उपाध्यायले २०५६ देखि २०६० सम्म स्याङ्जाबाट वेदना साहित्यिक पत्रिकाको सम्पादन गर्नुभएको थियो । गजल सन्ध्याकी अध्यक्ष बिर्सना बस्नेत र नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाको संयुक्त अध्यक्षतामा भएको कार्यव्रmममा प्रतिभा छनोट समितिका संयोजक प्रकट पगेनी ‘शिव’, सदस्य रुपिन्द्र प्रभावी, प्रगतिशील लेखक सङ्घ कास्कीका अध्यक्ष भीम रानाभाट, पुरस्कारका संस्थापक कृष्ण देवकोटालगायतले शुभकामना दिनभएको थियो ।

गजल सन्ध्याका सचिव मोहन भण्डारीको सञ्चालनमा भएको कार्यव्रmममा गजल सन्ध्याका पूर्व सहसचिव विष्णु बाँस्तोलाले अक्षरयात्रा प्रतिभा पुरस्कारको अक्षयकोष वृद्धिका लागि रु. १० हजार हस्तारण गर्नुभएको थियो । १४० औँ अक्षरयात्रामा रामकुमार फुच्चे, के. आर. ढकाल, प्रकाश विहीन, वसन्त विनोद, मिर्मिसा पराजुली, सङ्गीता आभास, बलराम पूर्णविराम, माया कुँवर, नरेन्द्र रानभाट, सन्जीव पौडेललगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो । हरेक महिनाको तेस्रो शनिबार विभिन्न ठाउँमा गई तत्स्थानीय रचना वाचन गरी अक्षरयात्रा सञ्चालन हुँदै आएको छ ।

कमेन्टहरु
Loading...