कास्कीकोटमा काँग्रेसको सम्मान

पोखरा, १९ चैत/नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा नं २४ ले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा पार्टीको विकास र विस्तारका लागि सहयोग पु¥याएकाहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व इकाइ सभापतिहरु आनन्दप्रसाद अधिकारी, दुर्गाप्रसाद तिमिल्सिना, यमनाथ तिमिल्सिना, मनहरि सुवेदी, देवेन्द्रविक्रम शाही, देवीप्रसाद बस्ताकोटी, कुलबहादुर रानाभाट, माधव शर्मा दाहाल, टेकप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो। त्यसैगरी मृत्यूपर्यन्त गोपाल गिरी, टिकाराम त्रिपाठी, कृष्ण गिरीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा काँग्रेसका तर्फबाट निर्वाचित वडाअध्यक्ष पूर्णबहादुर केसीलाई र मृत्यूपर्यन्त भरत अधिकारीलाई पनि सम्मान गरिएको थियो । काँग्रेस नेता शुक्रराज शर्मा, कास्की काँग्रेसका सभापति कृष्ण केसीले संयुक्त रुपमा दोसल्ला तथा सम्मान पत्रबाट सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा नेता शुक्रराज शर्मा, सभापति कृष्ण केसी, कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव भरतबहादुर अधिकारी, महासमिति सदस्यहरु देवराज चालिसे, रामचन्द्र त्रिपाठी, दिपक गुरुङ, बाबुराम आचार्य, क्षेत्र नं ४ का सभापति पोषनाथ शर्मा, पूर्वमहासमिति सदस्य दुर्गाप्रसाद तिमिल्सिना, पूर्वमहाधिवेशन प्रतिनिधि डा यमनाथ तिमिल्सेना, नेपाल शिक्षक संघ कास्कीका सभापति शिरोमणि लामिछाने, नेपाल किसान संघ कास्कीका सभापति भेषराज पराजुली, बुद्विजिवि टिकाराम सुवेदी, सल्लाहाकार पूर्णभद्र शर्मा, डिल्लिराम भट्टराई, शालिकराम अधिकारी, टेकप्रसाद अधिकारी, नेवि संघका विष्णु तिमिल्सिना, तरुण दलका रमेश केसी, विष्णु श्रेष्ठले स्थानीय निर्वाचनमा काँग्रेसले जित्ने दावी गर्नुभयो।

पोखरा लेखनाथ महानगरपालिका वडा नं २४ का सभापति प्रतापबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गङगा गिरीले स्वागत र सचिव चन्द्रेश्वर बस्ताकोटीले सञ्चालन गर्नु भएको थियो ।

कमेन्टहरु
Loading...