पर्यटकले चलाएको माउण्टेन साइकल चोरी

पोखरा, १९ चैत/पोखराको लेकसाइडबाट मध्यरातमा दुई माउण्टेन साइकल चोरी भएका छन् । लेकसाइड बंगलादीस्थित ब्लीस गेस्ट हाउसबाट राति करिब साढे २ बजे ‘जाइन्ट रेभेल’ साइकल चोरी भएका हुन् ।

नेपाल घुम्न आएका अष्टे«लियन नागरिक मार्टेन दम्पत्तिले चलाएको उक्त साइकल होटलमा पार्किङ गरिराखेको अवस्थामा चोरी भएका हुन् । खोजीका लागि प्रहरीलाई उजुरी गरिएको टोटल एड्भेञ्चर नेपाल प्रालिका संचालक एवं साइकलधनी चिरञ्जीवी लामिछानेले जानकारी दिए ।

आफ्नो साथीमार्फत् पर्यटकलाई चलाउन दिइएको ती साइकल यसरी चोरी हुनुबाट पर्यटन क्षेत्रमा समेत नकारात्मक असर पार्ने हुँदा भेटाएमा खबर गर्न पनि लामिछानेले आग्रह गरेका छन् । पोलार ट्रेक ३ र ६ नम्बरका ती साइकलको बजार मूल्य ८० हजार पर्छ । नीलो÷कालो रंगका ती साइकलको सिट भने रातो÷नीलो छ ।

कमेन्टहरु
Loading...