बैशाख ३१ को निर्वाचन सार्ने गरि सहमती हुदैन –थापा

सागर राज तिमिल्सिना
पोखरा, १९ चैत /उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले बैशाख ३१ गते जुन जुकै हालतमा पनि निर्वाचन हुने बताएका छन् । जिल्ला समन्वय समिति कास्कीले पोखरामा आयोजना गरेको निर्वाचनको तयारी तथा स्थानीय निकाएको कार्यान्यन सम्बन्धी जानकारी लिदै उनले निर्वाचन तोकिए कै मितिमा हुने बताए ।

उनले अरुदलहरु सँग सहमति हुँदा पनि बैशाख ३१ मै निर्वाचन हुने र्सतमा सहमती हुने बताए । ‘कुनै दल सगँ सहमति हुदा पनि बैशाख ३१ मै निर्वाचन हुने गरेर हुन्छ,’ उनले भने,‘ निर्वाचन सार्ने गरेर कसै सगँ पनि सहमति हुदैन ।’ ‘यो निर्वाचन साधारण घटना हैन’ उनले भने, ‘लामो समय पछि हुन लागेको निर्वाचनले जनतामा खुसी ल्याउने छ ।’

उनले स्थानीय तह शक्ति साली भएको बताउदै जनताका कामलाई छिटो छरितो गर्न निर्देशन दिए । उनले कास्कीमा निर्वाचनको तयारी उत्साजनक रहेको बताए । कार्यक्रममा क्षेत्रिय प्रशासक यमकुमारी खतिवडाले पश्चिमाञ्चलमा करिब २१ सय मतदान स्थल रहने बताउदै सुरक्षाका लागि सबै सुरक्षा निकायसगँ समन्य गरेर अगाडी बढ्ने बताइन् । कार्यक्रममा स्थानीय विकास अधिकारी बलराम ढकालले कास्कीका चार वटै गाउँ पालिका र महानगरमा कार्यकारी अधिकृत खटिइसेकेको बताए ।

कमेन्टहरु
Loading...