रोपाई महोत्सवमा रमाए पर्यटक

सागर राज तिमिल्सिना
पोखरा, १५ असार/टपरीमा दही रोटी र चिउरा अनि पञ्चे बाजाको धन्की रहेका थिए । विभिन्न असारे भाकाहरु घन्की रहेका थिए । पर्यटकलाई दही र चिउराले स्वागत गर्न कास्कीको लेखनाथबासी ब्यस्त थिए । विगत वर्षमा जस्तै यस पटक पनि पोखरा पर्यटन परिषद्को आयोजनामा कास्कीको लेखनाथमा रोपाई महोत्सव सम्पन्न भयो । हरेक वर्ष फरक–फरक ठाउँमा गरिदै आईएको महोत्सव यस पटक लेखनाथ नगरपालिका–९ बेगनासताल किनारमा रोपाई महोत्सवमा आयोजना गरिएको थियो ।खेतको आलीमा बसेका बाउसे र रोपाहारको गीतमा मग्न हुदैँ पर्यटक दही र चिउराको स्वादमा रमाए । विदेशी पर्यटक हिलोले चिन्नै नसक्ने भए । विगतका महोत्सवमा भन्दा यस विदेशी पर्यटकको संख्या धेरै थियो । असारे रोपाई महोत्सवको लागी भनेर अमेरीकाको नोटेडामी एकेडेमीका अमेरीकाको एक विश्वविद्यालयका १४ जना विद्यार्थीहरु पोखरा आएका थिए । महोत्सव हेर्नका लागी ३७ भन्दा बढि देशका २ सय भन्दा बढि पर्यटकको सहभागीता रहेको थियो ।

“पोखरा सवै मौसमका लागी” भन्ने नारा सहित दशौ असारे महोत्सवमा स्वदेशीदेखि विदेशीहरु रमाए । सहरी क्षेत्रमा रहेका खेती योग्य जग्गा प्लटिङ गरेर घडेरीमा परिणत भएपछि असारको महत्व हराउने होकी भन्ने चिन्ताले यस्ता महोत्सवले संस्कृतिको जगेर्नाका लागि आयोजना गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष सुर्य भुजेलले बताए ।

कमेन्टहरु
Loading...