विद्यार्थी नेताको हत्याको विरोधमा नेविसंघ पृथ्वीनारायण क्याम्पसद्वारा भत्सना

पोखरा, १७ चैत /नेविसंघका पूर्व केन्द्रीय सदस्य रविन्द्रजंग शाहको गत मंगलबार मध्यराजतमा अज्ञातसमूहद्धारा गरिएको हत्याको भत्सना गरेको छ । नेविसंघ पृथ्वीनारायण क्याम्पस मूल इकाई समितिले क्याम्पस गेट अगािड एक घण्टा चक्काजाम गर्दै विरोध सभा गरेको छ ।

उक्त विरोध सभामा बोल्दै नेविसंघका केन्द्रीय सदस्य गोपाल गुरुङले हत्याराका विषयमा २४ घण्टाभित्र सत्यतथ्य बाहिर नआए देशैभरी आन्दोलन गर्न बाध्य हुने बताए । यसैगरी नेविसंघ केन्द्रीय सदस्य भानुभक्त ढकालले अपराधिक घटनाको विषयमा चाडै सत्यतथ्य सार्वजनिक नभए वर्तमान सरकारमा आफ्नै पार्टीका गृहमन्त्री भए पनि राजीनामा माग्न नेविसंघ पछि नहट्ने बताए ।

नेविसंघ पूर्व केन्द्रीय सदस्य गोविन्द लामिछानेले स्थानीय निर्वाचनमा युवाहरुको लहरको काँग्रेसमय भएकाबेला भएको दुःखद् घटनाको जति निन्दा गरेपनि कम हुने बताए । नेविसंघ पृथ्वी नारायण क्याम्पसका इकाई सभापति दिपक शर्मा वाग्लेले जंगलमा बाघ हुँदाहुँदै श्यालले रजाई गर्न खोज्नु मूर्खता बाहेक केही नहुने बताउँदै हत्यारालाई छिटो भन्दा छिटो कारवाही गर्न माग गरे । विरोध सभाको सञ्चालन नेविसंघ कास्कीका निवर्तमान सचिव विक्रमादित्य सिंह गिरीले गरेका थिए ।

कमेन्टहरु
Loading...