१ सय ४१ यूनिट रगत संकलन

रामबजार युथ क्लबले आज रामबजार, राममन्दिर चोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा १४१ यूनिट रगत संकलन भएको छ । शिक्षाविद् तथा पृथ्वीनारायण क्याम्पसका संस्थापक जर्ज जोनले पहिलो रक्तदाता कलबका कोषाध्यक्ष कुमार थिङ्गलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा शिक्षाविद् तथा पृथ्वीनारायण क्याम्पसका संस्थापक जर्ज जोनले रक्तदान मानिसको ज्यान बचाउने सर्वोत्तम दान भएकोले यस्तो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए । उनले क्लबलाई निरन्तर रुपमा सहयोग गरिरहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा रक्तदाता मार्सा पुन, सल्लाहकार मनकुमार श्रेष्ठ, ज्योति कुञ्ज बोर्डिङ्ग स्कुलका फाउण्डर बालकृष्ण शर्मा, क्लबका उपाध्यक्ष विरेन्द्र पुन लगायतले रक्तदानको महत्वको बारे चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...