मौसम कारण पोखराबाट हवाइ उडान प्रभाबित

पोखरा, १६ चैत/मौषममा आएको खराबीका कारण पोखराबाट हुने हवाई उडान प्रभाबित भएको पोखरा बिमानस्थलले जानकारी दिएको छ । खराब मौसमका कारण पोखरा बिमानस्थलबाट हुने उडानमा बिहानैबाट प्रभाबित भएको पोखरा बिमानस्थलका निर्देशक भोला प्रसाद गुरागाईले जानकारी दिए ।

पोखरा बिमानस्थलबाट पोखरा काठमाडौं बिभिन्न कम्पनीका बिमान २० वटा उडान रद्ध भएको जानकारी दिए । पोखरा जोमसोमका लागि ८ र पोखरा काठमाडौका लागि १२ वटा उडान रद्ध भएको उनले जानकारी दिए ।  यस्तै बिमानस्थलबाट हेलिकोप्टर, अल्ट्रालाइटको पनि उडान रद्ध भएको छ ।

कमेन्टहरु
Loading...