माओवादी केन्द्र लाहाचोकमा रामचन्द्र अधिकारी

पोखरा, १५ चैत/नेकपा माओवादी केन्द्र माछापुच्छ«े गाउँपालिका वडा नं ४ लाहाचोकको मंगलवार भएको वडा अधिवेशनले रामचन्द्र अधिकारीको अध्यक्षतामा २१ सदस्यिय वडा कमिटि सर्वसम्मत रुपमा चयन गरेको छ ।वडा कमिटिको उपाध्यक्षमा हिरालाल परियार, सचिव होम नेपाली, कोषाध्यक्ष अनिता कँडेल र सहसचिव कमलमोहन पौडेल रहेका छन् ।त्यसैगरि सदस्यहरुमा डम्वर रानाभाट, सुमन सुनार, सिता रानाभाट, प्रेम सुनार, श्रीराम विक, होमलाल रानाभाट लगायत छन् ।

त्यसैगरि ४ सदस्यिय वडा सल्लाहकार समितिमा जगन्नाथ अधिकारी, तुलसीप्रसाद अधिकारी, सुर्यप्रसाद अधिकारी र बलरामा रानाभाट छन् । भेलाका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माछापुच्छ«े गाउँपालिकाका संयोजक नवराज भण्डारीले माओाववीको विचार र नेतृव्ले गर्दा स्थानीय सरकार जनतामा आएको भनाई राख्दै अझै पनि काँग्रेस एमाले लगायतका दलहरुलाई अहिलेको  परिर्वतनलाई स्विकार गर्न गाह्रो भएको धारणा राखे ।

कार्यक्रमा वाईसियल जिल्ला उपाध्यक्ष भोजराज पौडेल तथा जिल्ला सदस्य श्याम दाहाल लगायतले आसन्न स्थानीयतहको निर्वाचनमा परिर्वतकारी शक्ति माओवादी केन्द्रलाई विजयी गराउने गरि जनतामा जान कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...