मादल बजाउने तालिम

पोखरा, १५ असार/पोखरा उपमहानगरपालिकाको आर्थिक सहयोगमा तथा धर्मस्थली टोल विकास संस्था पोखरा–५ को आयोजनामा एक महिने मादल बजाउने तालिम एवं तीन दिने उद्घोषण तथा नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न गरेको छ ।

महिला सशक्तिकरण र परम्परागत संस्कृतिको जर्गेना गर्ने उद्देश्यले सञ्चालित तालिमको समापन कार्यक्रममा पोखरा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत झलकराम अधिकारीले आगामि दिनमा व्यवसायिक सिपमूलक कार्यक्रम सञ्चालन गरेमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

संस्थाका अध्यक्ष दिलमाया कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार यादवराज अधिकारी, उमा कोइराला, प्रशिक्षक धन बहादुर गायक, प्रशिक्षार्थि बोधमाया अधिकारी, अनिता पराजुली, इन्दिरा तिवारी, भगवति कोइराला लगायतले तालिमलाई फलदायी बनाउनु पर्ने बताए । ७० जनाले सहभागिता जनाएको तालिमका सहभागीता सहभागिलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

कमेन्टहरु
Loading...