भलिवल टे«निङ सेन्टर निर्माणमा पहिलो चरणको काम सकियो, १७ लाख खर्च

पोखरा, १३ चैत /पोखरा रंगशालामा निर्माणाधिन भलिवल टे«निङ सेन्टरको पहिलो चरणको काम सकिएको छ । क्षेत्रीय खेलकुद विकास समितिको विशेष सहयोग र पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ तथा जिल्ला भलिवल संघ कास्कीको पहलमा निर्माण शुरु गरिएको भलिवल टे«निङ सेन्टरको पहिलो चरण अन्तर्गत भलिवल टे«निङ सेन्टरका लागि छुट्याइएको १३ रोपनी जग्गाको चारैतिरबाट वरीपरी पर्खाल लगाउने काम सम्पन्न भएको छ । त्यस्तै, मैदान सम्याउने र फलामका पोलहरु गाड्ने काम सम्पन्न भएको जिल्ला भलिवल संघ कास्कीका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

पहिलो चरणको काम सक्न १७ लाख ६४ हजार ६ सय ३३ रुपैयाँ खर्च भएको पराजुलीले बताए । अब दोश्रो चरणको काम शुरु हुने उनले जानकारी दिए । उनका अनुसार दोश्रो चरणमा खेल मैदान पूर्ण रुपमा तयार गर्ने, खेल मैदानलाई तारजालीले घेर्ने, अभ्यास पर्खाल बनाउने र महिला÷पुरुष दुबै खेलाडीका लागि छुट्टाछुट्टै चेञ्जिङ रुम बनाईनेछ । दोश्रो चरणका सम्पूर्ण काम करीब ३ महिना सक्ने पराजुलीको योजना छ । यसका लागि करीब ६० लाख लाग्ने उनले बताए । जुन खर्च राष्ट्रिय खेलकुद परिषदले बिनियोजन गरिसकेको छ । यद्वपी आफूहरुले प्राप्त नगरिसकेको पराजुलीले बताए ।

भलिवल टे«निङ सेन्टरको तेश्रो चरणमा अतिथि बस्ने भिआईपी प्याराफिट, दर्शक बस्ने प्याराफिट र भलिवल संघको कार्यालय भवन बनाउने योजना रहेको पराजुलीले जानकारी दिए । तीन हजार दर्शक अटाउने क्षमताको प्याराफिटसहित तेश्रो चरणको काम सक्न थप ४५ लाग्ने अनुमान गरिएको पराजुलीले बताए । तर दोश्रो चरणको काम सकेपछि मात्रै त्यसतर्फ सोंच्ने उनले स्पष्ट पारे । तत्काल सहयोगीहरुले हात नबढाए यो तेश्रो चरणको काम हुन मुश्किल हुने उनको भनाई छ ।

भलिवल टे«निङ सेन्टर निर्माणका लागि राखेपबाट १० लाख, जिल्ला खेलकुद विकास समितिबाट २ लाख कर कट्टी गरी प्राप्त भएको जिल्ला भलिवल संघ कास्कीले जनाएको छ । त्यस्तै, हिल प्वाईन्ट बोर्डिङ स्कुलबाट २० हजार, कास्की मोर्डनाईज्डबाट ३० हजार, माउण्ड अन्नपूर्ण माविबाट १० हजार, शान्ति निकुञ्ज बोर्डिङ स्कुलबाट १० हजार एकाउन्न, पूर्व राष्ट्रिय भलिवल खेलाडी जयनारायण चौधरीबाट एक लाख २५ हजार, बुल्सम्यान ग्रुपबाट १० हजार, पुन युनाईटेड क्लवबाट २० हजार, सुनिल गुरुङबाट ५० हजार, ग्लोबल कलेजियटबाट १५ हजार, स्टेप बाई स्टेप माविबाट ११ हजार, फिष्टेल एकेडेमीबाट ३३ हजार ३ सय ३३, लिटिल स्टेप माविबाट ५ हजार, मदरल्याण्ड माविबाट ५ हजार, स्पाइरल ग्यालेक्सी माविबाट ५ हजार प्राप्त भएको संघले जनाएको छ ।

त्यस्तै, नेपाली सेना र सशस्त्र प्रहरी बलबाट ६३ हजार रुपैयाँ बराबरको श्रमदान, राजेन्द्र पहारीबाट १५ हजार ३ सय रुपैयाँ बराबरको बालुवा, गोविन्द थापाबाट ७ हजार बराबरको ढुङ्गा, मदन बस्नेतबाट ८ हजार ५ सय बराबरको बालुवा, जिल्ला सामुदायिक प्रहरी सेवाबाट ५ हजार १ सय बराबरको बालुवा, गणेश सापकोटाबाट १३ हजार ६ सय रुपैयाँ बराबरको बालुवा, राजेन्द्र पहारीबाट ६ हजार ६ सय रुपैयाँ बराबरको जेसिबी प्रयोग, नारायण भण्डारीबाट १० हजार रुपैयाँ बराबरको ढुङ्गा सहयोग प्राप्त भएको पराजुलीले बताए ।

कमेन्टहरु
Loading...