निर्वाचनको लागि सशस्त्र प्रहरीले जिपिएस सिस्टम -डिआईजी अधिकारी

पोखरा, १३ चैत्र /सशस्त्र प्रहरीका डि.आई.जी. सुवोध कुमार अधिकारीले स्थानीय तहको निर्वाचनको लागि सशस्त्र प्रहरीले तयारी सुरु गरेको बताएका छन् । पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले बैशाख ३१ गते हुने निर्वाचनलाई लक्षित गरी जि.पि.एस. सिस्टम मार्फत मतदान केन्द्र र सुरक्षा व्यवस्थालाई निर्गानिमा राख्ने तयारी गरेको बताए ।

पश्चिमाञ्चल क्षेत्रमा १ सय ४६ स्थानीय तह अन्र्तगत २ हजार ५२ मतदान केन्द्र रहेको बताए । कास्कीमा १ सय ५० वटा केन्द्रमा सुरक्षा व्यवस्था परिचालनका लागि तयारी भईरहेको उल्लेख गरे । पश्चिमाञ्चलका अर्घाखाँची, बाग्लुङ, म्यादी, मनाङ्ग र लमजुङ्गमा सशस्त्र प्रहरीको उपस्थिति नभए पनि ती ठाउँहरुमा सुरक्षा व्यवस्था कसरी मिलाउने तयारी भएको छ । यस क्षेत्रमा सशस्त्रका ५४ वटा युनिटमा ५ हजार जनशक्ति रहेको उल्लेख गर्दै उहाँले सरकारको निर्देशन अनुसार नै सशस्त्र प्रहरीको सुरक्षा कमाड खटाईने बताए ।

निर्वाचनमा उमेदवार, मतदाता, मदपत्र र कर्मचारी सबैको सुरक्षालाई ध्यान दिँदै सुरक्षाका चुनौतीका बारेमा छलफल भईरहेको बताए । निर्वाचनका बेला कसैले सक्रिय बहिस्कार, सशस्त्र प्रतिकार र सशस्त्र बहिस्कार पनि गर्ने हुँदा त्यही अनुरुपको सुरक्षा रणनीतिमा लागेको बताए ।

कमेन्टहरु
Loading...