पोखराको मेयरका काँग्रेसका सुवास कोईराला आकांक्षी

पोखरा, १२ चैत /करिब दुई दशकपछि हुन लागेको स्थानिय निर्वाचनको सरगर्मी यतिबेला शुरु भैसकेको छ । निर्वाचन आयोगले बैशाख ३१ गतेको मिति तोकेर स्थानिय निर्वाचन हुने जानकारी गराईसकेको छ । त्यसैले स्थानिय निर्वाचनमा कहाँबाट कसलाई उम्मेदवार बनाउने भनेर राजनीतिक पार्टीहरुमा ‘लबिङ’ शुरु भैसकेको छ ।

नेपालकै सबैभन्दा ठुलो महानगरपालिका पोखरामा स्थानिय निर्वाचनको सरगर्मी नचल्ने कुरै भएन । विभिन्न दलका विभिन्न पदमा रहेका स्थानिय नेताहरुले पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् । यद्यपी महानगरको मेयर पदका लागि उम्मेदवार छान्ने काम भने धेरैजसो ठुला दलले केन्द्रीयस्तरबाटै गरिरहेका छन् ।

देशकै सबैभन्दा ठुलो दल काँग्रेसले पनि पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार छान्ने प्रकृयालाई अगाडि बढाईसकेको छ । पोखरा महानगरपालिकाको मेयर पदमा विभिन्न व्यक्तिहरुले आकांक्षा देखाएपनि पार्टीले भने उम्मदेवारको हिसाबमा करिब फैसला गरिसकेको छ । र, काँग्रेसको पुरानो सम्बन्ध रहेको परिवारबाट उसले उम्मेदवारलाई मेयरको चुनावमा टिकट दिने जनाएको छ ।

काँग्रेसबाट युवा नेता सुवास कोईराला आकांक्षीका रुपमा देखिएका छन् । केन्द्रीयस्तरमा कोईरालाको सम्बन्ध र स्थानियस्तरमा उनको प्रभाव देखेर नै काँग्रेसले उनलाई मेयरको टिकट उपलब्ध गराउन लागेको उनी निकट पाउने उनले बताए । त्यसैमाथि पोखरामा काँग्रेस राजनीतिलाई स्थापित गराउन उनको बाजेपुस्तादेखि निरन्तर योगदान रहँदै आएको छ । उनका बाजे करुणानीधि कोईरालाले लामो समय जेलनेल बिताएर काँग्रेसको विकासमा योगदान पु¥याएको ईतिहास पनि छ ।

पोखरा गैरापाटन घर भएका कोईरालालाई पुरानो राजनीतिक परिवारका सदस्य भएर भन्दा पनि लोकप्रिय युवा नेता भएकोले पनि पार्टीले मेयरको टिकट उपलब्ध गराउन लागेको केन्द्रीय तहका नेताहरुले बताएका छन् ।

काँग्रेस भएकै कारण उनी १२ वर्षको उमेरमा जेलमा परेका थिए । तत्कालिन पञ्चायत शासनको विरुद्धमा आन्दोलनमा होमिएको कारण उनलाई जेल हालिएको थियो । नेबिसंघ कास्कीको सँस्थापक समेत रहेका उनका बुवा राजेन्द्रनीधि कोईराला पनि हाल राजनीतिमै सक्रिय छन् । यो बीचमा उनले सँयोजकको हैसियतमा रहेकार नेबिसंघ कास्कीको विवादलाई साम्य पारेका थिए ।

कुनै विवादमा नफसेका र स्वच्छ छवि भएका कोईराला ‘आफूलाई लागेको कुरा फ्याट्टै बोलिहाल्ने’ भएकोले पनि युवाहरुमाझ अझै बढि लोकप्रिय छन् । नगर समितिको सहसचिव, नेविसंघको अञ्चल कार्यसमिति, जिल्ला कोषाध्यक्ष तथा तरुण दलको जिल्ला कार्यसमितिमा रहेर उनले काँग्रेसको राजनीतिक यात्रा अगाडि बढाईरहेका छन् ।

काँग्रेसका विभिन्न नेताका निकट व्यक्तिलाई टिकट दिँदा अर्को पक्ष रुष्ट हुने डरले पनि पार्टीले साझा उम्मेदवारको रुपमा कोईरालालाई छानेको जानकारहरु बताउँछन् । ईमान्दार कार्यकर्ताको रुपमा पार्टीमा राम्रो छवि बनाएको कारणले पनि कोईरालालाई मेयरको लागि टिकट दिन लागिएको स्रोतको दाबी छ ।

यद्यपी यसअगाडि नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष समेत रहेकी लक्ष्मी पाण्डेले पनि मेयर पदको आकांक्षा राकेकी थिईन् । त्यस्तै काँग्रेस नेता रामचन्द्र पौडेल निकटका कल्याणबाबु भण्डारी, काँग्रेस महाधिवेशन प्रतिनीधि कृष्ण कार्की, काँग्रेसका पुर्व जिल्ला सदस्य कमच आचार्य लगाएतले पनि मेयर पदका लागि टिकटको दाबेदारी प्रस्तुत भने गरेका थिए । अझै शेरबहादुर देउबा निकट मानिने नन्दप्रसाद तिवारीले त केहि दिन अगाडि पोखरामा पत्रकार सम्मेलनकै आयोजना गरि आगामी स्थानिय निर्वाचनमा काँग्रेसबाट मेयर पदको लागि उम्मेदवारी दिने कुरा सार्वजनिक गरिसकेका थिए ।

काँग्रेस राजनीतिममा सक्रिय र स्वच्छ छवि बनाएका भनिएका कोईरालालाई पार्टीले पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदका लागि टिकट उपलब्ध गराउने ‘ग्रीन सिग्नल’ दिए देखि नै स्थानियस्तरमा काँग्रेस सम्बन्धित युवाहरु हौसिएका छन् । तरुण दल र नेविसंघको राजनीति गरेर आएका कोईरालाको सपोर्टमा विद्यार्थी र युवाहरु बढि नै देखिएका छन् ।

कमेन्टहरु
Loading...