अख्तियारद्वारा सरकारी उच्च अधिकारीको सम्पत्ति विवरण छानविन सुरु

१३ असार, काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विभिन्न सेवा क्षेत्रमा क्रियाशील एक सय भन्दा बढी व्यक्तिको अकुत सम्पत्तिमाथि छानबिन सुरु गरेको छ ।

अख्तियार स्रोतले छानबिन भएका एक सयजनाको नाम नखुलाए पनि उनीहरु विभिन्न सेवा प्रदायक निकायमा कार्यरत प्रभावशाली व्यक्ति भएको बताएको छ । अकुत सम्पत्ति छानविन सुरु गरिएकामा नेपाल टेलिकम, नेपाल आयल निगम, महानगरपालिका, उपमहानगरपालिकाहरु, नेपाल राष्ट्रबैंक, मालपोत कार्यालय, नेपाल प्रहरीलगायतका क्षेत्रमा कार्यरत व्यक्ति रहेको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

यी निकायमा कार्यरत व्यक्तिहरुको अस्वाभाविक सम्पत्ति विरुद्ध परेको उजुरीका आधारमा अख्तियारले छानबिन थालेको हो ।

यस्तै अख्तियारले राष्ट्र बैंकका २ सयभन्दा बढी उच्च अधिकारीको बैंक विवरण माग गरेको कारोबार दैनिकमा खबर छ । पदको दुरुपयोग गरी सम्पत्ति कमाएको भन्दै परेका उजुरी अनुसन्धान गर्ने क्रममा अख्तियारले यस्तो विवरण माग गर्दै केन्द्रीय बैंकलाई पत्र पठाएको हो । cp.

कमेन्टहरु
Loading...