पोखराका शनिबार देखि ५० वर्ष पुराना तस्बिरहरु प्रर्दशनी हुदै यस्ता छन् केही तस्विहरु

पोखरा, १२ चैत/‘पुरानो पोखरा’का संकलित फोटोहरु प्रदर्शनी आज शनिबार देखि प्रर्दशनी हुदैछ । पोखरा उद्योग वाणिज्यमा हुदैछ । संघको सभाहल र अमृत कक्षमा ‘पुरानो पोखरा’का संकलित फोटोहरु प्रदर्शनी गरिन लागेको हो ।

प्रदर्शनीमा ५० वर्ष भन्दा पहिलेका फोटोहरु प्रदर्शनीका लागि राखिने तस्वीर संकलक तथा कार्यक्रम संयोजक सुनिल उलकले जानकारी दिए । प्रदर्शनीमा पोखराको सबैभन्दा पुरानो तस्वीर पनि राखिने भएको छ । विस१९८१ सालमा नेपालकै पहिलो फोटोग्राफर दिर्घमान चित्रकारले खिचेका तस्वीर पनि प्रदर्शनीमा राखिने उलकले बताए । उक्त तस्वीर पोखराकै पहिलो र सबैभन्दा पुरानो तस्वीर भएको उनको दाबी छ ।

३ दिनसम्म चल्ने प्रदर्शनीमा सन् १९६२ मा पोखरा आएको ‘अमेरीकन पिस कर्प भोलन्टियर’ का १०७ जनाले खिचेका २३ हजार तस्वीरहरु मध्ये पुराना र पोखराको तत्कालिन अवस्था बोल्ने ८४ फोटोहरु राखिने उनले जानकारी दिए । जुन फोटोहरु ‘अमेरीकन पिस कर्प भोलन्टियर’कै एक सदस्य डगलस हलले उपलब्ध गराएको उनले बताए । डगलसले अन्य १०६ जनासँग फोटो खिचेकै समयमा प्रतिलिपी अधिकार लिएका र अहिले पचास वर्ष पुगेकाले डगलसले अन्र्तराष्ट्रिय मान्यता अनुसार आफूलाई प्रतिलिपी अधिकार दिएपछि प्रदर्शनी गर्न लागेको उनको भनाई छ ।

उलकले प्रदर्शनीमा व्यक्ति विशेषको भन्दा पनि स्थान विशेषका फोटोहरु राखिने छन् । जसले पोखराको ईतिहास झल्काउनुका साथै पोखराको परिवर्तनको आभास दिलाउने उनको विश्वास छ । प्रदर्शनीमा सन १९५५ देखी १९५७ सम्म खिचिएका १४ वटा भिडियो क्लिप्स पनि प्रदर्शन गरिने उलकले बताए ।

केहि तस्विरहरु यस्ता छन् ।

Date: 1971 Location: Pokhara, Kaski Description: Buses at Pokhara Airport. Sign on bus in the foreground says Butwal-Pokhara.
Date: 1971 Location: Pokhara, Kaski Description: Buses at Pokhara Airport. Sign on bus in the foreground says Butwal-Pokhara.
Date: 1967 Location: Ghachok, Kaski Description: Oldest child of Chabilal Paudyel, headmaster of Ghachok's elementary school. Her four siblings all went beyond elementary school but she quit after a year or two to help with household chores.
Date: 1967 Location: Ghachok, Kaski Description: Oldest child of Chabilal Paudyel, headmaster of Ghachok’s elementary school. Her four siblings all went beyond elementary school but she quit after a year or two to help with household chores.
Date: 1964 Location: Sikles, Kaski Description: A goatherd from Parche/Sikles in his pasture about one day's walk north of the villages.
Date: 1964 Location: Sikles, Kaski Description: A goatherd from Parche/Sikles in his pasture about one day’s walk north of the villages.
Date: 1973-1974 Location: Pokhara, Kaski Description: Sarangi player. (Photo by Tod Ragsdale)
Date: 1973-1974 Location: Pokhara, Kaski Description: Sarangi player. (Photo by Tod Ragsdale)
Date: 1968-12 Location: Pokhara, Kaski Description: Women bathing and washing their hair at a public pump in Pokhara.
Date: 1968-12 Location: Pokhara, Kaski Description: Women bathing and washing their hair at a public pump in Pokhara.
कमेन्टहरु
Loading...