पोखरामा राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियोगिता हुने

पोखरा, ११ चैत /अपांङ्ग खेलकुद समिति कास्की र स्वाबलम्बन जिवन पद्धती समाज नेपालको संयुक्त आयोजनामा यहि चैत्रको २० र २१ गते पोखरामा पाँचौ भिबोर सोसाइटी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियोगिता–२०७३ हुने भएको छ । प्रतियोगितामा काठमाण्डौका ५ तथा चितवन र पोखराको एक एक गरि सात टिमको सहभागिता रहने आयोजक समितिले जानकारी गराएको छ ।

काठमाण्डौका नेपाल आर्मी, ह्विल चियर खेलकुद संघ, स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ, बिआइए जाउलाखेल खेलकुद संघ तथा भरतपुरको ह्विल चियर स्पोर्ट एशोसिएशन र आयोजक गरि सात टिमले प्रतियोगितामा भाग लिन लागेका हुन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार सहित ट्रफि मेडल, द्वितिय हुनेले नगद १० हजार सहित ट्रफि मेडल तथा तृतीय हुने समुहले ५ हजारका साथमा ट्रफि मेडल पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसैगरि उत्कृष्ट र हाइयष्ट स्कोरर खेलाडीले वल्र्ड भिजनको तर्फबाट मोवाइल पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोतिगा सम्पन्न गर्न झण्डै साढे ५ लाख खर्च लाग्ने प्रतियोगिता संयोजक भरतबिक्रम बानियाँले जानकारी दिए । प्रथम पुरस्कारको प्रायोजन गोर्खा एण्ड बराह ज्वयलरीले, दोश्रो पुरस्कारको प्रायोजन भूपू बक्सिङ्ग खेलाडी चन्द्रबहादुर गुरुङ्गले र तृतीय पुरस्कारको प्रायोजन पशुपति बराल र भगवान बरालले गरेकाछन् ।

कमेन्टहरु
Loading...