उत्पादनको प्याकेजिङमा समस्या ः पालिखे 

 पोखरा, ९ चैत / पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले नेपाली उत्पादनलाई विदेशी बजारमा पु¥याउन  अन्तर्राष्ट्रिय स्तरको प्याकेजिङ आवश्यक रहेको बताउनुभएको छ ।   नेपाली चिया, कफी, हस्तकलाका सामानहरु गुणस्तरीय भए पनि  प्याकेजिङ आकर्षक नहुँदा त्यसले बजार पाउन नसकेको उहाँको तर्क रहेको छ ।
पोखरा उद्योग वाणिज्य संघमा बुधबार बेलायती सहयोग नियोग डिएफआइडीका प्रतिनिधीमण्डलसँग भएको भेटको अवसरमा बोल्दै उहाँले नेपाली उत्पादनलाई अन्तर्रांष्ट्रिय बजारमा पु¥याउन विभिन्न खाले अन्तर्राष्ट्रिय मेला÷महोत्सवमा सहभागिता जरुरी रहेको औंल्याउनुभयो ।
लगानीको उपर्युक्त वातावरण निर्माणको लागि निजी क्षेत्रको अवधारणाबारे जानकारी लिन आएको डिएफआइडीका प्रतिनिधी ह्यारी जोनसँगको छलफलमा उहाँले पोखराको वातावरण, फेवाताल संरक्षण लगायतका क्षेत्रमा डिएफआइडीसँग सहकार्य गर्न पोखरा उद्योग वाणिज्य संघ तयार रहेको बताउनुभयो । गुरुयोजनाबिनाको विकास निर्माणले विनास निम्त्याउने बताउँदै अध्यक्ष पालिखेले पोखरालाई बचाउने हो भने दीर्घकालीन सोचका साथ काम गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै डिएफआइडीका प्रतिनिधी ह्यारी जोनले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजार पहुँचको लागि आवश्यक पर्ने तालीमलगायतका क्षेत्रमा सहयोग पु¥याउने आश्वासन दिनुभयो ।  छलफल कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्षद्धय गोकर्ण कार्की र विन्दु कोइराला सुवेदी, महासचिव दामु अधिकारी तथा कोषाध्यक्ष अर्जुन पोखरेल, डिएफआइडीका विष्णु अधिकारी र पशुपति सुवेदीको सहभागिता रहेको थियो ।
कमेन्टहरु
Loading...