पाकिस्तानको सुन्नी-तालिवान आक्रमणमा एक नेपाली आरोहीको मृत्यु, अन्य नौ आरोही मारिए

सुवेल भण्डारी काबुल, अफगानिस्तान, असार ९/ गिल्गिट-बाल्टिस्तान पर्यटकीय क्षेत्रमा मारिने १० विदेशी आरोहीमा एक नेपाली पनि परेको अधिकारीहरुले जनाएका छन्। सोना शेर्पा नाम गरेको हिमाल आरोही, नेपाल-आधारित सेभेन समिट ट्रेकसँग सम्बद्ध रहेको ट्रेकका पाकिस्तान संयोजक नजीर साबिरले बताए। 

अज्ञात समुहले आइतबार १ बजे राति होटेलमै आई गोली हानेर मारेको पाकिस्तानी अधिकारीहरुले बताए। आरोहीहरु नाँगा पर्वत– जुन संसारको ९औ अग्लो हिमाल हो– चढ्न बेस क्याम्पमा अवस्थित एक होटेलमा थिए। अरु मारिनेहरुमा ५ युक्रेनियन, ३ चाइनिज, र एक लाट्भियन-रसियन छन्। एक पाकिस्तानी सेफ पनि गोलीले मारिएका छन्, भने एक चाइनिज बाँच्न सफल भए।

सुन्नी अतिवादी समूह जुन्दुल्लाह र पाकिस्तानी तालिबानले उक्त घटनाको जिम्मेवारी लिएका छन्। गृहमन्त्री चौधरी निसार अलि खानका अनुसार लडाकुहरुले पाकिस्तानी अर्धसैनिकको भेष लिएका थिए। जुन्दुल्लाहले पहिले पनि शि’या मुस्लिम समुदाय लक्षित धेरै आक्रमणहरु गरेको थियो। तर गिल्गिट-बाल्टिस्तानमा यो  बिदेशी पर्यटकमाथि पहिलो आक्रमण हो।

– See more at: http://setopati.com/raajneeti/1765/#sthash.GoZzavJa.dpuf

कमेन्टहरु
Loading...