विश्वका अर्बपतिहरुको सूची सर्वाजनीक, नेपालबाट विनोद चौधरी

एजेन्सी, पोखरा, ८ चैत /अघिल्ला वर्ष जस्तै अमेरिकी पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । यो सूचीमा नेपालका उद्योगपति विनोद चौधरी सय वर्ष पनि पर्न सफल भएका छन् ।

चौधरी ग्रुपका अध्यक्ष चौधरी विश्वका अर्बपतिहरुको सूचीमा १५६७ औं स्थानमा छन् । फोर्ब्सका अनुसार, उनको सम्पत्ति १ अर्ब ३० करोड डलर छ । यो अघिल्लो वर्षको तुलनामा २० करोड बढी हो ।

यो वर्ष अर्बपतिहरुको सूचीमा २०४३ जना छन् । पहिलो नम्बरमा अमेरिकी धनाढ्य बिल गेट्स परेका छन् । माइक्रोसफ्टका सहसंस्थापक उनको सम्पत्ति ८६ अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ ।

कमेन्टहरु
Loading...