महतगौडामा बन्ने भो खेल मैदान

पोखरा, ८ चैत /पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १७ महतगौडामा खेल मैदान र्निमाण हुने भएको छ । सो क्षेत्रको बिकास र खेलकुदमा प्रत्यक्ष काम गर्दे आएको सितापुरी युवा क्लवले खेल मैदान र्निमाण गर्ने भएको हो । मैदान र्निमाणका लागि क्लवको सक्रियतामा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले हालै मैदान र्निमाणको प्रारम्भीक कामका लागि दश लाख रुपैया बिनियोजन समेत गरेको छ ।

उक्त रकमबाट मैदानका लागि जानकी माविको अधिनस्त रहेको करिव २५ रोपनी जग्गालाई सम्माउने र अन्य पुर्बाधार र्निमाणका खर्च गर्ने क्लवका अध्यक्ष शंकरराज भण्डारीले जानकारी दिए । पोखरा लेखनाथ महानगरपालिकाको मुख्य भागमै पर्ने भएपनि सो क्षेत्रमा बिकासका अन्य पुर्बाधार पु¥याउन कठीन भएको अबस्थामा हाल सरकारको नेतृत्व गरेको नेकपा माओबादी केन्द्रका पोलीटब्युरो सदस्य तथा पुर्ब सभासद राजकाजी तमु ( करण)को बिषेश पहलमा पहिलो पटक उक्त रकम बिनियोजन भएकोे क्लवका अध्यक्ष भण्डारीले बताए ।

खेल मैदान र्निमाणका लागि र्निमाण तथा उपभोक्ता समीती गठन समेत भैसकेको छ । उक्त समीतीले अन्य निकायहरु बाट आउने सहयोग तथा क्लवले समन्वय गरेर ल्याउने अनुदान सहयोग लाई पारदर्शि रुपमा मैदानमा खर्च गर्दे जाने क्लवका सचिव पजन भण्डारीले जानकारी दिए । जानकी माविका पुर्ब प्रधानध्यापक श्याम प्रसाद शर्माको अध्यक्षतामा १३ सदस्यिए उपभोक्ता समीती चयन गरिएको हो । समीतीको उपाध्यक्षमा जुना गुरुङ्ग,सचिव रघुनाथ शर्मा,सह – सचिव पवन भडारी, कोषाध्यक्ष शंकरराज भण्डारी र सदरुयहरुमा ईन्दीरा भण्डारी, बिक्रम भण्डारी,नगेन्द्र गुरुङ्ग,बैकुण्ठ भण्डारी, पदमराज भण्डारी,देबराज भण्डारी, नगेन्दै शर्मा र शर्मिला मानन्धर रहेका छन ।

उपभोक्ता समीतीले योजना संझौता गरी तत्काल काम सुरु गर्ने बताइएको छ ।  योजना लाई प्रभावकारी र पारदर्शि रुपमा खर्च गर्नको लागि पत्रकार माधब पनेरुको संयोजनमा १० जनाको योजना अनुगमन तथा समन्वय समीती समेत गठन भएको छ । समीतीमा अधिबक्त बेदनाथ भण्डारी, प्रेम प्रसाद भण्डारी, शिबराम भण्डारी, मुक्ति प्रसाद भण्डारी, लक्ष्मण भण्डारी, ऋषिराम भण्डारी, श्रीराम भण्डारी, मनोज भण्डारी र सरोज भण्डारी रहेका छन ।

कमेन्टहरु
Loading...