काठमाडौं /लायन वर्ष २०१७र१८ का लागि लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ वी १ नेपालको डिष्ट्रिक्ट गभर्नरमा धनराज आचार्य निर्वाचित भएका छन् । काठमाडौमा भएको पाचौं कन्भेन्सनबाट आचार्य गभर्नर निर्वाचित भएका हुन् । उनको कार्याकाल आगामी जुलाईबाट सुरु हुनेछ ।
फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा अशोक श्रेष्ठ निर्वाचित भएका छन् । सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा भने दुई पक्षीय निर्वाचिन भएको थियो । निर्वाचनबाट उक्त पदमा इन्दु लम्साल दुई तिहाई मत अन्तरले विजयी भइन् । लम्सालको ४ सय २० र अर्का उम्मेदवार मणिश्री रत्न बज्राचार्यको २ सय ३ मत प्राप्त गरे । ६२९ मतमध्ये ६ मत बदर भएको थियो ।
यसैबीच, गभर्नरमा निर्वाचित भएसँगै आचार्यले क्याबिनेट सेक्रेटरीमा चण्डीप्रसाद अर्याल, क्याबिनेट ट्रेजररमा दामु अधिकारी, चिफ एडभाइजरमा मनबहादुर रोका, कोचिफ एडभाइजरमा विश्वेश्वर आचार्य र चन्द्रकुमार केसीलाई चयन गरेका छन् ।
लायन वर्ष २००४र५ मा लायन्समा प्रवेश गरेका आचार्य वौद्धिक तथा सफल व्यावसायिक व्यक्तित्व हुन् । लायन्समा लागेको १२ वर्षका अवधिमा विभिन्न पदको सफल नेतृत्व गरेका आचार्यले लायन्स इन्टरनेशनल स्थापनाको सयौं वर्ष पुगेको अवसरमा गभर्नर बन्ने अबसर पाएका छन् । लायन्स भित्रका कमीकमजोरीलाई सुधार गर्दै ३२५ बि १ लाई संसारकै उत्कृष्ट डिष्ट्रिक्ट बनाउन आफू लागिपर्ने आचार्यले प्रतिबद्धता व्यक्त गरेका छन् ।